काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक सामग्री सार्वजनिक गरेको आरोपमा प्रसाईं गत मंगलबार पक्राउ परेका थिए । विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा भक्तपुरस्थित निवासबाटै मंसिर ४ गते मेडिकल व्यवसायी प्रसाईं पक्राउ परेका थिए ।
प्रसाईंले प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोपहरु लगाउँदै भिडिओ पोष्ट गरेका थिए । यसअघि उनीमाथि ५ दिनको म्याद थप भएर अनुसन्धान गरिएको थियो ।
प्रतिकृया दिनुहॊस