सत्ता गठबन्धनले टुंग्यायो महानगर र उपमहानगरको भागबन्डा

सत्तारुढ पाँच दलीय गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले दलीय भागबन्डा टुंगो लगाएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।

महानगर र उपमहानगरको भागबन्डा मिलेकाले सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी रहेको नेता गुरुङले बताए।

गठबन्धनले ६ महानगर र ९ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबन्डा मंगलबार रातिको बैठकमा नै सहमति गरिसकेको थियो । बाँकी पालिकाहरुमा आजको बैठकले टुंगो लगाएको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस