काठमाडौं । भारतीय विकेटकिपर ब्याटर रिशव पन्तले आइपिएल इतिहासकै सबै भन्दा महँगा खेलाडीको रेकर्ड रचेका छन् । आइपिएल २०२५ का लागि आइतबारबाट सुरु भएको मेघा अक्सनमा रिशवलाई लखनउ सुपर जायन्टले २७ करोड भारूमा टोलीमा अनुबन्ध गरेको छ ।
उनलाई भित्र्याउन सुरुदेखि नै रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउबीच प्रतिस्पर्धा थियो । पछि बेंग्लोर पछि हट्दा लखनउ र सनराइजर्स हैदरावादबीच भिडन्त भयो । जसमा लखनउले २७ करोडको बोली लगाएर हैदरावादलाई पछि पारेको थियो ।
त्यसको केहीबेरअघि कीर्तिमानी रकममा ब्याटर श्रेयर अय्यर पञ्जाब किंग्समा आबद्ध भए । उनलाई पञ्जाब किंग्सले २६ करोड ७५ लाख भारूमा टोलीमा भित्र्याएको थियो । यसअघि आइपिएलका महँगा खेलाडी अस्ट्रेलियाका माचेल स्टार्क थिए । उनलाई सन् २०२४ को अक्सनमा कोलकता नाइटराइडर्सले २४ करोड ७५ लाख भारूमा टोलीमा आबद्ध गरेको थियो ।
प्रतिकृया दिनुहॊस