प्रदिप नेपाल

नेपाल निजामती कर्मचारी यूनियनकाे शुभकामना आदान प्रदान कार्यक्रम

नेपाल निजामती कर्मचारी यूनियन, शहरी विकास तथा भवन निर्माण विभाग, शहरी विकास मन्त्रालय विभागीय कार्य समितिले नयाँ वर्ष २०७९ सालको उपलक्ष्य शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ। शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल काठमाडाैंमा विभागीय अध्यक्ष अनिलकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ वर्ष २०७९ सालको पावन अवसरका राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव डम्बर बहादुर बमले गरेका थिए । सोही अवसरमा …

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने

पाँच दलीय सत्ता गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो । चुनावीसभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरि ६ जना शीर्ष नेताले सम्बोधन गर्ने संयन्त्रका सदस्य–सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए। बैठकले सात …

पुरा पढ्नुहॊस »

नायिका केकी अधिकारीले गरिन् विवाह

नायिका केकी अधिकारीले विवाह गरेकी छन्। केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार विवाह गरेकी हुन्। तर, अधिकारीले विवाहका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।

पुरा पढ्नुहॊस »

स्थानीय निर्वाचनका लागि एक करोड १९ लाख मतपत्र छापिए

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ। आयोगले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । ‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्रको छपाइ सकिएको छ। बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी छ,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

पुरा पढ्नुहॊस »

एकै दिन सेञ्चुरी बैंकका नयाँ ३ शाखाबाट सेवा प्रारम्भ

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति बिहीबारदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरुका बीच उक्त शाखाहरुको उद्घाटन गरि सेवा शुभारम्भ गरे । बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नंं. ७ को गुलरिया …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ। बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ। बैठकमा स्थानीय तह निर्वाचन र उम्मेदवारी सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।    

पुरा पढ्नुहॊस »

आज १५ जनामा संक्रमण पुष्टि, ३२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५४७ नमुना परीक्षण गर्दा १५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ३२ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २९८ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३५ हजार ७२८ रहेको छ।

पुरा पढ्नुहॊस »

निर्वाचनमा पत्रकार उम्मेदवार बने सदस्यता स्वतः खारेज हुने

नेपाल पत्रकार महासंघले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेले महासंघको सदस्यता त्याग्न आग्रह गरेको छ। महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गरेर महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग्रह गरेका हुन्। बिहीबार भर्चुअल माध्यमबाट केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र …

पुरा पढ्नुहॊस »

कांग्रेसबाट काठमाडौं मेयरका लागि पाँच जनाको नाम सिफारिस (काे काे परे)

नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। महानगर समितिले कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैद्य, प्रगतिमान रञ्जितको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको हो। सत्ता गठबन्धनमा काठमाडौं महानगरको मेयर कांग्रेसलाई र उपमेयर एकीकृत समाजवादीले पाउने सहमति भएको छ। तर, कांग्रेसले उपप्रमुखमा सुशीला ढकाल र प्रा.डा. अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ। समितिले एक नम्बरमा …

पुरा पढ्नुहॊस »

डिशहोम फाइबरनेट सेवा दाङ्गको तुलसीपुरमा विस्तार

डिशहोम फाइबरनेट उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगंज, धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, मिर्चैया, विराटनगर , नेपालगञ्ज, धनगढी र सुर्खेतसहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले …

पुरा पढ्नुहॊस »