प्रदिप नेपाल

देशकाे समृद्धिका लागि समाजवादी अर्थ व्यवस्थाको खाँचो छः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवसका अवसरमा पार्टीद्वारा आज आयोजित कार्यक्रममा उनले मुलुकमा समृद्धि कायम गरि जनताको सुखको आकांक्षा पूरा गर्न समाजवादी अर्थ व्यवस्थाको खाँचो रहेको बताएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले व्यक्तिवादी चरित्रले भासिएको एमालेले माक्सवाद र लेलिनवादका आदर्शलाई त्यागेका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरि नयाँ …

पुरा पढ्नुहॊस »

सांघाईमा कोराेनाका कारण थप १२ जनाको मृत्यु, २० हजार ६३४ नयाँ संक्रमित

चीनको सांघाईमा कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ। कोभिड संक्रमणको चपेटामा परेको सांघाईमा पछिल्लो साता दिनहुँ जसो संक्रमणका कारण मृत्यु भएको छ। यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। शुक्रबार सांघाईमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए। पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबद्धा रहेको चीन सरकारले जनाएको छ। उनीहरूमा स्वास्थ्यसम्बन्धी दीर्घकालीन समस्या रहेको पनि जनाइएको छ। त्यस्तै उनीहरू कसैले पनि कोभिड खोप …

पुरा पढ्नुहॊस »

एमसीसी पारित गरेकोमा नेपालको संघीय संसदप्रति अमेरिकी सांसदहरुद्वारा आभार

नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्। नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरण ऊर्जा नेपालको विकासका लागि अतिमहत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको …

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेश : एमालेले २९ पालिकामा प्रमुख र उपप्रमुख टुंग्यायो

नेकपा एमालेले गण्डकीका २९ पालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ। केही पालिकाको प्रमुख टुंगिए पनि उपप्रमुख भने टुंगिएको छैन। मनाङ र मुस्ताङको सबै पालिकाले उम्मेदवार पाइसकेका छन्। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको अध्यक्षमा रिन्जिन गुरुङ र उपाध्यक्षमा दिकी गुरुङलाई टिकट दिएको छ भने लो घेकर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट र छिरिङ ल्हामो गुरुङले उपाध्यक्षको टिकट पाएका छन् । विष्टलाई अध्यक्षमा दोहोर्याउन लागिएको हो भने गुरुङ जिल्ला समन्वय …

पुरा पढ्नुहॊस »

पोल्याण्डमा २९ लाख बढी युक्रेनी शरणार्थी

युक्रेन युद्धका कारण २९ लाख युक्रेनीले देश छाडेर पोल्यान्ड पुगेका छन्। २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलापछि अहिलेसम्म यति ठूलो संख्याका युक्रेनी पोल्यान्ड पुगेका हुन्। पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्यान्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्यान्डबाट युक्रेन फर्किनेको संख्या बढेको छ। शुक्रबार पोल्यान्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्यान्ड शरण लिएका छन्। युद्ध भएपछि पोल्यान्डबाट ८ लाख …

पुरा पढ्नुहॊस »

विवेकशील साझाबाट धनगढीको उपमेयर उम्मेदवारमा विमला पन्त ओझा

विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाएकाे छ। इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष उ.मा.वि.शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक सङ्घ-संस्थाको संस्थापक रहेको अनुभव छ। उनले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै विगत २२ वर्षदेखि कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालबालिकाहरूलाई प्रत्येक वर्ष १०+२ सम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरि पढाइको जिम्मेवारी लिएकी छन्। त्यसपछि उच्च …

पुरा पढ्नुहॊस »

दुई खर्बको पेट्रोलियम पदार्थ आयात

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको तथ्याङ्कअनुसार नेपालले दुई खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ । नौ महिनाको अवधिमा नेपालले डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासका लागि एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबर खर्च गरेको हो। तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ। यस अवधिमा रु एक खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ …

पुरा पढ्नुहॊस »

खोप लगाएकाे तीन महिना पूरा भएपछि बुस्टर डाेज लगाउन मिल्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाे तीन महिना पूरा भएपछि पुनः बुस्टर खोप लगाउने भएको छ। यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए। पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको तीन महिना पूरा भएकालाई पनि बुस्टर खोप लगाउन मिल्ने देखिएको हो। …

पुरा पढ्नुहॊस »

निर्वाचन आयोग भन्छ, ‘मतदाता नामावलीमा अब हेरफेर हुँदैन’

निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने स्पष्ट पारेको छ। अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको अवस्थामा आयोगले नामावली थपघट वा हेरफेर गर्न नमिल्ने भएकाले स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात मतदाता नामावली संकलन र अद्यावधिकको कार्य पुनः सुचारु भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न, त्रुटि सच्याउन, हटाउन, ठाउँ सार्न बाँकी रहेका व्यक्तिहरुले सम्बन्धित निर्वाचन कार्यलयमा गई दर्ता गर्ने, त्रुटी सच्याउने लगायतका कार्य गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले …

पुरा पढ्नुहॊस »

१८ जनामा कोरोना संक्रमण, २५ जना सङ्क्रमणमुक्त

देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ६५१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ७१४ पुगेको छ। एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १७९ रहेको छ। पछिल्लो समय थप २५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै …

पुरा पढ्नुहॊस »