बुधबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यो वर्षको कारोबार दिनदेखि नै घटेको बजार मंगलबार भने दोहोरो अंकले बढेको थियो । बुधबार शेयर बजार ३६ दशमलव ७३ अंकले घटेर २ हजार ३२० विन्दुमा झरेको हो ।
बुधबार २२८ वटा धितोपत्रको ३५ लाख ७० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बुधबार १३ वटै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी फाइनान्स समूहको ३ दशमलव ८२ प्रतिशतले बढेकोे हो ।
त्यस्तै, बुधबार जाल्पा समृद्ध लघुवित्तको र ग्रिन भेन्चर्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा नेष्डो समृद्ध लघुवित्तको १४ करोड १९ लाख ४७९ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।
प्रतिकृया दिनुहॊस