एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच द्विपक्षीय सम्झौता

नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ। यसैक्रममा काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रा.लिसँग ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।

यस सम्झौता मार्फत बैंकका ग्राहकहरुले सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्दा फुण्ड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त हुनेछ। साथै सोल्टी इन्टरप्राइजेज अन्तर्गत संचालनमा रहेका अन्य होटलहरुमा समेत यो छुट प्राप्त हुनेछ। यस सम्झौता अन्तर्गत बैंक र इन्टरप्राइजेजबीच प्रबद्र्धनात्मक कार्यक्रमहरुसमेत संचालन गर्ने सहमति भएको छ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरि १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएममार्फत ग्राहकहरुलाई स्तरिय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकका माझ विश्वासिलो बैंकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रियरुपमा सहभागी हुँदै आएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस