इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ। भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन् भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ। इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ।

भूकम्पका कारण आँधीको सम्भावना भने नरहेको जनाइएको छ। भूकम्पले पारेको असर सम्वन्धी दृश्यहरु सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा देखिएका छन्। इन्डोनेसियाको प्रकोप व्यवस्थापनसम्वन्धी निकायका प्रमुख अलिम बजारले घटनास्थलमा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको जानकारी दिए। उनका अनुसार भूकम्पका कारण विभिन्न सेवा तथा नियमित कार्यमा समेत समस्या उत्पन्न भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस