गोपेश्वर महादेव मन्दिर रतुवामाई १०, सोमबारेद्वारा फागुन ११ गतेदेखि मिति १८ गतेसम्म आयोजना हुने श्री अग्नी महापुराण तथा धान्याञ्चल नवाह ज्ञान महायज्ञ पुराणमा कृषि बिकास बैंक लि. शाखा कार्यालय रतुवामाई सोमबारेले स्थानीय नगरबासीहरुलाई लक्षित गरि मन्दिर परिसरभित्र स्टल राखि बैंकको ब्यवसाय अभिबृद्धि गर्नका लागि बैंकले प्रदान गर्ने सम्पूर्ण सेवा सुबिधाहरुको प्रचार प्रसार गर्ने कार्य गर्दै आएको छ।
उक्त अवसरमा कार्यालय प्रबन्धक जिरन बुढाथोकीले नेपाल सरकारको बजेट तथा कार्यक्रममा उद्घोष गरे बमोजिम सम्पूर्ण नगरबासीहरुको बैंकिङ्ग पहुँच अभिबृद्धि गर्ने अभिप्रायले सम्पूर्ण नगरबासीहरुको निःशुल्क बैंक खाता खोल्ने अभियान संचालन गरिएको बताए । साथैं बैंकले प्रदान गर्ने सेवा सुबिधाहरुमा कुनै जिज्ञासा रहेमा उक्त स्टलका प्रमुख भुपाल बिष्टलाई सम्पर्क गर्नसमेत आव्हान गरे ।
उक्त महायज्ञ पुराण आयोजकका अध्यक्ष खेमराज निरौंलाले भौतिकरुपमा उपस्थित हुन नसक्ने देश बिदेश तथा स्वदेशमा रहेका नगरबासीहरुलाई आर्थिक सहयोग साथसाथै कृषि बिकास बैंक शाखा कार्यालय रतुवामाई सोमबारेमा रहेको अक्षयकोष खातामा रकम जम्मा गरि सहयोग गर्न सकिनेसमेत जानकारी गराए । साथैं कृषि विकास बैंक रतुवामाई सोमबारे शाखाले स्टल राखी नगरबासीहरुमा बित्तिय पहुँच विस्तार गरेकोमा गोपेश्वर महादेव मन्दिर परिवार तथा आयोजक समिति बैंकप्रति आभारी रहेको बताए ।
प्रतिकृया दिनुहॊस