बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ

नेपाल प्रहरीले एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१ नक्साल भगवतीबहालस्थित सगरमाथा इन्स्योरेन्स भवनमा रहेको एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ का २१ वर्षीय आकाश तामाङलाई गएराति पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले नगद चोरी गर्न एटिएम फोड्दै गर्दा बैंकको सुरक्षा प्रणालीमा घण्टी बजेर प्रहरीलाई खबर भएपछि प्रहरीको टोलीले तामाङलाई पक्राउ गरेको जानकारी दिए।

प्रहरीले पक्राउ परेका तामाङसँग एटिएम फोड्न प्रयोग गरेका दुई थान औजारसमेत बरामद गरेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस