आगामी निर्वाचनमा एमाले पहिलो दल बन्छ : ईश्वर पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरेका छन्।

बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय उद्घाटन गर्दै उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए।

उनले एमालेलाई घेर्ने र बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गरे। प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गरे ।

नगरपालिकाका प्रमुख उद्वव खरेलले स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरुले जनताका पक्षमा धेरै काम गरेको जनाए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after