कोलम्बियामा भएको खानी दुर्घटनामा ज्यान जानेको संख्या १३ पुगेको छ। यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो। सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या १३ पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन्। ती अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो। खानीभित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको बताइएको छ।एजेन्सी
पुरा पढ्नुहॊस »दिगो आर्थिक विकासका लागि पाल्पाका स्थानीय तहहरु र नबिल बैंकबीच सहकार्य
उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको छ। पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रमका …
पुरा पढ्नुहॊस »काभ्रेको पाँचखालमा सानिमा बैंकको ९६ औं शाखा
सानिमा बैंक लिमिटेडले कृषि नगर पाँचखालमा नयाँ शाखाको शुभारम्भ गरेको छ । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, बैंक सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं र पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीले संयुक्तरुपमा शाखाको उद्घाटन गरेका हुन् । पाँचखालको शाखा ९६ औं रहेको बैंकले जनाएको छ । शाखाको उद्घाटनपछि नगरप्रमुख महेश खरेलले भने, ‘१८ वर्ष अगाडि गैरआवासीय नेपालीहरु तथा व्यापारिक वर्गबाट राष्ट्रियस्तरको विकास बैंक हुँदै सन् २०१२ मा सुरु भएको …
पुरा पढ्नुहॊस »आइएमईको ‘होस्टेमा हैंसे’ अफर सार्वजनिक
आइएमईले बैंक डिपोजिटलाई लक्षित गरि होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ। सेवाग्राहीमुखी उक्त अफर फागुन १७ देखि चैत्र १७ (तद्नुसार मार्च १ देखि मार्च ३१, २०२२ सम्म) एक महिनासम्म कायम रहनेछ। ‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको उक्त अफर काठमाडौँ पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । अफर अन्तर्गत नेपालभरि जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा …
पुरा पढ्नुहॊस »निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छाप्ने
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ। मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगद्वारा आज आयोजित नियमित पत्रकार भेटमा उक्त कम्पनीसँग ११ करोडमा कागज खरिदका लागि सम्झौता भएकामा एक महिना अवधिभित्र उपलब्ध हुनु पर्ने सर्त रहेको जानकारी दिइयो। स्थानीय तहसँग त्यहाँ सक्रिय रहेको राजनीतिक दलको विवरणका आधारमा उम्मेदवार सङ्ख्या …
पुरा पढ्नुहॊस »कांग्रेसले स्थानीय तहको निर्वाचन घोषणापत्र चाँडै सार्वजनिक गर्ने
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीले स्थानीय तहको निर्वाचनको घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका हुन्। कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि एक महिने संगठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ। आगामी २० फागुनदेखि २० चैतसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु हुने उनको भनाइ छ। त्यसका लागि ‘घरघर जाऔं कांग्रेस जिताऔं’ भन्ने …
पुरा पढ्नुहॊस »१८० नयाँ संक्रमित थपिए, एक जनाकाे मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ३४१ परीक्षणमा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार संक्रमणबाट एक जनाको ज्यान गएको छ। यस्तै, ४०० जना कोभिडमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । ८ हजार २३५ जना सक्रिय संक्रमित …
पुरा पढ्नुहॊस »४३.१० अंकले घट्याे नेप्से
सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार ७.७३ अंकले घटेको नेप्से परिसूचक सोमबार ४३.१० अंकले घटेर २ हजार ६१०.६० बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ अंकले घटेको छ। सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबार ३ अर्ब २७ करोड …
पुरा पढ्नुहॊस »एमसीसी अनुमोदनसँगै स्थानीय चुनाव निश्चित : प्रचण्ड
सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब स्थानीय तहको निर्वाचन निश्चित भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएसँगै स्थानीय तहको निर्वाचन सुनिश्चित भएको उनको भनाइ छ। एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा एमसीसी पास हुने कि नहुने भन्ने अन्योलताले स्थानीय तहको निर्वाचन अनिश्चित बनेको उनको भनाइ थियो। सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने मिति तोकिसकेको छ। सत्तारुढ गठबन्धनमै एमसीसी …
पुरा पढ्नुहॊस »एनएमबि बैंकका ग्राहकलाई जावलाखेलको सोवा हेल्थ केयरमा विशेष सहुलियत
एनएमबि बैंकले जावलाखेल स्थित सोवा हेल्थकेयर सेन्टरमा उपचारका लागि आएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ । उक्त समझदारी अनुशार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराइएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षणहरु र शल्यक्रियामा विशेष छुट उपलब्ध …
पुरा पढ्नुहॊस »