रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन्। यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ। मस्कोले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ९ बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ। जसमा किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागहरु रहेका छन्। उत्तरपश्चिममा इरपिन र बुचा लगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिने बताइएको …
पुरा पढ्नुहॊस »विभाजित कम्युनिष्ट पार्टी हरियो देख्दा तर्सिन्छ : कांग्रेस महामन्त्री शर्मा
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताएका छन्। फागुन २९ गतेबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा सहभागी हुन सबैलाई अपिल गर्न जान लागेको उनले बताए । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले मतपत्रमा चुनाव चिह्नको रंग हरियो राख्न थालेकोमा कांग्रेसप्रति कटाक्ष गरेका थिए। यस विषयमा पत्रकारले राखेको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘अहिले एउटा उखान चलेको …
पुरा पढ्नुहॊस »नेपालमा २२४ काेराेना संक्रमित थपिँदा २५१ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ परीक्षणमा २२४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५१ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५ हजार ६९२ रहेको छ। काठमाडाैं उपत्यकामा ३२ जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्ये काठमाडाैंमा १९, …
पुरा पढ्नुहॊस »शेयर बजार : ३० दशमलव २९ अंकले घट्यो नेप्से
बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ। सोमबार झिनो अंकले वृद्धि भएको बजार बुधबार ३० दशमलव २९ अंकले घटेर २ हजार ५१४ दशमलव ६५ बिन्दुमा झरेको छ। बुधबार २२९ वटा धितोपत्रको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ३५ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। बुधबार १३ वटा समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूहको …
पुरा पढ्नुहॊस »जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरेका छन्। पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको आज शुभारम्भ गर्दै उनले कम्युनिष्ट क्रान्तिकारीधारको विरासतलाई काँधमा बोकेर अघि बढ्ने सङ्कल्पका साथ एमालेबाट विद्रोह गर्नु परेको घटना सुनाए। नेता तथा कार्यकर्ताको कार्यशैली, आचरण र व्यवहारलाई नितान्त जनअपेक्षाअनुरुप सुधार्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्ट पार्टीको इज्जत जोगाउने मात्र …
पुरा पढ्नुहॊस »स्वास्थ्य मन्त्रालयद्वारा डेङ्गुको निःशुल्क पिसिआर परीक्षण सुरू
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरू गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरू गरिएको जानकारी दिए। उनले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गरे। यसअघि कोरोना भाइरसको सङ्क्रमणको पनि निःशुल्क परीक्षण गरिएको छ। प्रयोगशालाका प्रवक्ता राजेश गुप्ता विदेशबाट आएका लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि निःशुल्क पिसिआर परीक्षण गर्ने गरेको बताए। तीन वटै रोग लामखुट्टेको …
पुरा पढ्नुहॊस »आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने बताएका छन्। नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जीनियर (सिडेन)ले मङ्गलबार राति आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रका नाममा गल्ती गर्ने छुट कसैलाई नभएको बताए। “सेन्टर फर डेमोक्रेटिक इञ्जीनियरको साझा उम्मेदवार इञ्जीनियर डा. हरिबहादुर दर्लामी समूह हो, सिङ्गो कांग्रेसको साथ र समर्थन डा दर्लामी समूहलाई छ”, …
पुरा पढ्नुहॊस »‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ’ : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेका कारण पार्टीले प्रतिपक्षमा हुँदा पनि अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका–३१ को शंखमुलमा बुधबार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन्। ‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा …
पुरा पढ्नुहॊस »सुनको मूल्य अहिलेसम्मकै उच्च, एक लाख पाँच हजार पाँच सय कायम
नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। मंगलबार एक …
पुरा पढ्नुहॊस »युवा भनेका कांग्रेसका मेरुदण्ड हुन् : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाल तरुण दल भानु नगर समितिले मङ्गलबार आयोजना गरेको सङ्गठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए। नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड थियो । “युवा भनेका कांग्रेसको मेरुदण्ड हुन्, युवाहरू कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ”, उनले भने। कांग्रेसले जितेमात्रै देशको विकास …
पुरा पढ्नुहॊस »