प्रदिप नेपाल

स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न स्वीकृति

अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको छ। आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचतको मिति तोकिएको छ। यसका लागि सुरक्षामा खटिने एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई स्वीकृति दिएको हो। ‘स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले भने। म्यादी प्रहरीबारे सूचना एक साताभित्रमा …

पुरा पढ्नुहॊस »

विगतका गल्तीकाे समीक्षा गरेर अघि बढौँ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमीकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन्। बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको काममा लाग्न निर्देशन दिएका हुन्। पार्टीकाे नियमित बैठक राख्न पनि निर्देशन दिएका उनले लोकतान्त्रिक आन्दोलनमा प्रतिगमनकारीका शिर उठाउन खोज्ने भन्दै सचेत पनि गराए।

पुरा पढ्नुहॊस »

११२ जना कोरोना संक्रमित थपिए, ४२९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२८ परीक्षणमा ११२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन। यस्तै संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५ हजार ३४० रहेको छ।

पुरा पढ्नुहॊस »

शेयर बजार: ५२ दशमलव २१ अंकले बढ्यो नेप्से

बिहीबार (आज) शेयर बजार उच्च अंकले वृद्धि भएको छ। बुधबार ३० दशमलव २९ अंकले घटेको बजार आज ५२ दशमलव २१ अंकले बढेर २ हजार ५६६ दशमलव ७९ बिन्दुमा पुगेको हो। बिहीबार २२६ वटा धितोपत्रको ५६ लाख १० हजार ६३१ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। बिहीबार अन्य समूह बाहेक अरु सबै …

पुरा पढ्नुहॊस »

आजका लागि तय धनुषा कांग्रेसको चुनाव शुक्रबार हुने

नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ। कांग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो। तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए।

पुरा पढ्नुहॊस »

लामो समयसम्म फाइल अड्काउने प्रवृत्ति ठीक हाेइन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पूँजी निर्माण गरि ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन्। बोर्डअन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौँ बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पूँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए। बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले निजी क्षेत्रसँग छलफल गरि निर्यातमा आधारित परियोजनाका लागि पूँजी कोषको निर्माण गर्न बोर्डलाई सुझाव दिएका थिए। कूल ग्राहस्थ उत्पादन (जिडिपी) र पूँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने परियोजनाहरू …

पुरा पढ्नुहॊस »

सङ्खुवासभा दुर्घटना : १० मृतक र पाँच जना घाइतेको पहिचान खुल्यो

सङ्खुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ। बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर …

पुरा पढ्नुहॊस »

एमसीसीले देश विकास र रोजगार बढाउँछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन्। पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन्। उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरतरुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै यस बैंकको सुर्खेत शाखाले एक विशेष कार्यक्रमकाबिच बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको नेपाल राष्ट्रिय …

पुरा पढ्नुहॊस »

आइएमई मोटर्सका सिमराही र चन्द्रनिगाहपुरमा शाखा उद्घाटन

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि ले २ वटा शाखा उद्घाटन गरेको छ। दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिका स्थित सोरुमको एक कार्यक्रमबीच समुद्घाटन गरिएको हो। सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुनेछन्। शाखाको समुदघाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका क्षेत्रीय प्रमुख …

पुरा पढ्नुहॊस »