विभाजित कम्युनिष्ट पार्टी हरियो देख्दा तर्सिन्छ : कांग्रेस महामन्त्री शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताएका छन्। फागुन २९ गतेबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा सहभागी हुन सबैलाई अपिल गर्न जान लागेको उनले बताए ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले मतपत्रमा चुनाव चिह्नको रंग हरियो राख्न थालेकोमा कांग्रेसप्रति कटाक्ष गरेका थिए। यस विषयमा पत्रकारले राखेको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘अहिले एउटा उखान चलेको छ। विभाजित कम्युनिष्ट पार्टी हेरियो देख्दा तर्सिन्छ रे।’

चुनावी तालमेल गर्ने नगर्ने केन्द्रीय समितिले निर्णय गर्छ : उपसभापति खड्का

कांग्रेसले गठबन्धनसँग चुनावी तालमेल गर्ने नगर्ने विषयमा केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भएको छ। पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनसँग चुनावी तालमेल गर्ने नगर्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने जानकारी दिएका हुन् ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको पत्रकार सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत र उपसभापति खड्का उपस्थित थिए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस