जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरेका छन्।

पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको आज शुभारम्भ गर्दै उनले कम्युनिष्ट क्रान्तिकारीधारको विरासतलाई काँधमा बोकेर अघि बढ्ने सङ्कल्पका साथ एमालेबाट विद्रोह गर्नु परेको घटना सुनाए।

नेता तथा कार्यकर्ताको कार्यशैली, आचरण र व्यवहारलाई नितान्त जनअपेक्षाअनुरुप सुधार्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्ट पार्टीको इज्जत जोगाउने मात्र नभई लक्ष्य र योजनालाई साकार तुल्याउन दृढताका साथ अघि बढ्न जरुरी रहेको बताए।

गठबन्धन दलका घटकसँग निर्वाचनमा पनि मिलेर जान सकिने बताउँदै उनले भने, “आफ्नो शक्तिका बारेमा जानकारी लिएर सही मूल्याङ्कन र विश्लेषण हुन पर्यो, एमसिसीका नाममा गठबन्धन तोड्ने अनेकाैं प्रयास भए पनि गठबन्धनबीचको सहमति कायम रहने छ।”

पार्टी महासचिव डा वेदुराम भुसालले पार्टीको राजनीतिक प्रतिवेदनमाथि नौ समूह बनाएर छलफल गरिने जानकारी दिए। उनले सचिवालय र पोलिटब्यूरोले गरेका निर्णय प्रस्तुत भई पारित गर्नेसमेत कार्यसूची रहेको जानकारी दिए।

पार्टी प्रवक्ता जगनाथ खतिवडाले बैठकमा एमसिसीको विषयसमेत समेटिएको राजनीतिक प्रतिवेदन, आगामी कार्ययोजना, स्थानीय तह निर्वाचन तयारी, समसामयिक प्रस्ताव र सङ्गठन विस्तार योजनाका विषयमा विस्तृत र गहन छलफल हुने बताए।

बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता राजेन्द्र पाण्डे, मेटमणि चौधरी, गङ्गालाल तुलाधरसहित केन्द्रीय कमिटीका ३३५ सदस्य सहभागी रहेको जानकारी दिइयो। यसअघि उक्त पार्टीले पहिलो पूर्ण बैठक गत असोज र दोस्रो बैठक कात्तिकमा सम्पन्न भएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस