नेपालमा २२४ काेराेना संक्रमित थपिँदा २५१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ परीक्षणमा २२४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५१ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५ हजार ६९२ रहेको छ।

काठमाडाैं उपत्यकामा ३२ जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्ये काठमाडाैंमा १९, ललितपुरमा ३ र भक्तपुरमा १० जना रहेका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस