प्रदिप नेपाल

२ दिनमा ३ हजारले घट्याे सुनकाे मूल्य, बुधबार १२ सयकाे गिरावट

सुनको भाउ बुधबार तोलामा १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ सयमा काराेबार भएकाेमा बुधबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार तीन सय रुपैयाँमा कारोबार भएकाे थियाे । तेजावी सुनको भाउ तोलाको ९८ हजार ८०० तोकिएको छ। चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ। बुधबार चाँदीकाे मूल्य …

पुरा पढ्नुहॊस »

एमाले संसदीय दलको आकस्मिक बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आजका लागि ससंदीय दलको बैठक आह्वान गरेको छ। संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ। मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

पुरा पढ्नुहॊस »

खल्तीबाट इएमआइ भुक्तानी गर्दा शतप्रतिशत क्यासब्याक साथै स्मार्टफोन जित्ने मौका

खल्ती मार्फत EMI भुक्तानीमा १००% क्यासब्याक,, जित्ने भाग्यमानी बन्नुहोस्। साथै, दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउनेछन्। यस अफर “इ एम आइ डन १०० % रिटर्न” अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एंड इन्भेस्टमेन्ट, स्याकार-होन्डा र MAW इन्वेत्मेंट प्राइभेट लिमिटेड को इ एम आइ भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली बिजेताले भुक्तानीमा १००% क्यास्ब्याक (रू.५,००० को अधिकतम सीमा को साथ) प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर …

पुरा पढ्नुहॊस »

वर्तमान विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छ: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्नु आवश्यक रहेको बताउनुभएको छ । चितवन उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “अहिले मुलुक विसम परिस्थितिमा छ । राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र कुनै एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने अवस्था छैन । विषम परिस्थितिमा अर्थतन्त्रका सबै क्षेत्रहरु …

पुरा पढ्नुहॊस »

साना सहरबाट ठूला सहरतिर बसाइँसराईको क्रम बढनु चुनौतीपूर्ण : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई सहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छिन्। उनले गाउँबाट सहरतिर बसोबास बढनु सहरीकरणका लागि चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन्। लुम्बिनी प्रदेशको बुटवलमा सहरी नीतिको विषयमा आयोजित कार्यक्रममा उनले पहाडबाट तराईतिर, साना सहरबाट ठूला सहरतिर बसाइँसराईको क्रम बढनु चुनौती रहेको बताइन्। बसाइँसराई कम गर्न पनि सहरी नीति आवश्यक रहेकोमा जोड दिँदै उनले यसका लागि नीतिगत रुपमा नै …

पुरा पढ्नुहॊस »

लोकसेवा आयोगद्वारा ३०० स्टाफ नर्सका लागि दरखास्त आह्वान

लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ। खुल्लामा १६५ जनाको सिट छ। त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट कायम गरिएको छ। आवेदकले चैत २२ गतेभित्र …

पुरा पढ्नुहॊस »

कस्ताे हाेला आजकाे माैसम ?

हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्युन चापीय प्रणाली रहेको छ। नेपालमा पहाडी भूभागमा आंशिक बदली छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेकाे छ। राति देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा …

पुरा पढ्नुहॊस »

नेपाल प्रहरीमा महानिरीक्षक बढुवा सिफारिस, ३ जनाकाे नाम प्रस्ताव

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवाका लागि ३ जना नायव महानिरीक्षक (डीआईजी)को नाम सिफारिस भएको छ। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त पहिलो नम्बरमा रहेका छन्। दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहँदा तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक …

पुरा पढ्नुहॊस »

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ । सो अवसरमा “उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा‭” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।‬‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए । सोही कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका ब्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने …

पुरा पढ्नुहॊस »

राज्य–निजी क्षेत्रबीचको सहकार्यले राम्रो नतिजा दिन सक्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमा राम्रो रिजल्ट दिनसक्ने बताएका छन्। पोखरीया नगरपालिका, पर्सामा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नती गरिएको शल्य चिकित्सा कक्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने निजी क्षेत्रले छोटो समयमा राम्रो रिजल्ट दिन सक्छ।” राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो रिजल्ट आउँछ भन्ने …

पुरा पढ्नुहॊस »