नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवाका लागि ३ जना नायव महानिरीक्षक (डीआईजी)को नाम सिफारिस भएको छ।
गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त पहिलो नम्बरमा रहेका छन्।
दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहँदा तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक रहेको बढुवा समितिको सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ।
तपाईंको प्रतिकृया




