प्रदिप नेपाल

दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गर्ने कोरियन नागरिक पक्राउ

दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ परेका छन्। कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा चावहिल बस्ने दक्षिण कोरियाका ७३ वर्षीय रे सि जङलाई महांकालबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । एम८५५६६२२७ राहदानी नम्बरबाहक उनले चावहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै ठगी गरेको प्रहरीको भनाइ छ। वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाइदिने भन्दै पीडितबाट रकम लिएको र कोरिया नपठाएको आरोपमा उनीविरुद्ध उजुरी परेपछि पक्राउ गरेको …

पुरा पढ्नुहॊस »

सवारी चालक अनुमतिपत्रकाे अनलाइन आवेदन बन्द

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। ०७८ चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सो प्रणाली बन्द रहने जानकारी सूचनामार्फत गराइएको छ। विभागले हालसम्म परेका आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुंग्याउनु पर्ने भएकाले सो प्रणाली बन्द गरिएको जनाएको छ। हाल धेरै संख्यामा सवारी चालक अनुमति पत्र वितरण गर्नु पर्ने भए तापनि स्मार्ट लाइसेन्सको छपाईमा भएको ढिलाई र विभिन्न कारणले समयमै लाइसेन्स पाउन …

पुरा पढ्नुहॊस »

एमसीसीलाई गलत व्याख्या गरियाे, भ्रमको पछि नलागाैं : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको दिगो विकास र समृद्धिका लागि एमसीसी स्वीकारिएको बताएका छन् । घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले सो कुरा बताएका हुन् । एमसीसीलाई गलत व्याख्या गरिएकोले यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे। नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको भेलालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्। उनले भने, ‘देशमा विद्युत, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक …

पुरा पढ्नुहॊस »

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रा.लीबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतासँगै संसारका दुई सय बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका दश हजार बढी भुक्तानी केन्द्र र इसेवा वालेटका पाँच हजार बढी एजेन्टसँगै अब प्रभु म्यानेजमेन्टसँग आवद्ध नेपालभरि रहेका सात हजार बढी सहकारी संस्थाहरुबाट समेत इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिने भएको छ। यसका साथै प्रभु म्यानेजमेन्टसँग आवद्ध सहकारी …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

विगत २७ वर्षदेखि अनवरतरुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै यस बैंकको दरवारमार्ग शाखाले नक्साल, काठमाडाैं स्थित श्री नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामाग्री तथा पानी ट्याङ्कीका लागी रु ५०,०००/- बराबरको आर्थिक सहयोग प्रदान गरेको हो। विद्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सहयोग …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः ५८ जनामा संक्रमण, मृत्यु संख्या शून्य

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४१८ परीक्षण गरिएकाे छ। जसमध्ये ५८ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ। यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन। यस्तै संक्रमणमुक्त हुनेको संख्या १४८ रहेको छ। विगत २४ घन्टामा ९२ हजार ४८ जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ।

पुरा पढ्नुहॊस »

एमसीसी परियाेजना देश र जनताकाे हितमा छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याएका छन्। उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राखेका हुन्। कार्यक्रममा उनले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रम मात्र भएको पनि स्पष्ट गरे। उनले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैं मन्त्रिपरिषदमा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख …

पुरा पढ्नुहॊस »

शेयर बजार : झिनो अंकले बढ्याे नेप्से

सोमबार (आज) नेप्से झिनो अंकले वृद्धि भएको छ। आइतबार १०१ दशमलव ०७ अंकले बढेको बजार आज बजार खुल्दा बढे पनि अन्तिममा ० दशमलव १५ अंकले बढेर २ हजार ६६८ दशमलव ११ बिन्दुमा पुगेको हो। सोमबार २२० वटा धितोपत्रको २३ लाख ४९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ३४ करोड २२ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। सोमबार १३ वटा …

पुरा पढ्नुहॊस »

पार्टीलाई प्रभावकारी बनाउन नेता कार्यकर्ताहरुलाई जसपा अध्यक्ष यादवको निर्देशन

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। सोमबार बसेको पार्टीको केन्द्रिय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न निर्देशन दिएका हुन् । उनले प्रत्येक केन्द्रिय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताए । उनले गाउँ, नगर, वडा लगायतका पार्टीका …

पुरा पढ्नुहॊस »

देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

तनहुँ, पाल्पा, सिरहा र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। तनहुँको आँवुखैरेनी गाउँपालिका–२ ऐनामा ग २ ख ३०७ नम्बरको बस र ग ३ च ६०१२ नम्बरको टाटासुमो आइतबार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुमो चालकसमेत तीन जना रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको आबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार हुन नसकेपछि पुरानो मेडिकल कलेज चितवनमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते …

पुरा पढ्नुहॊस »