प्रदिप नेपाल

छुट्टाछुट्टै स्थानमा डुबेर पाँच जनाको मृत्यु

इलाम, कैलाली, अछाम, सिन्धुपाल्चोक र रौतहटमा डुबेर पाँच जनाको मृत्यु भएको छ। अछामको मंगलसेन नगरपालिका–३ लछिमना टोलस्थित चित्रे दोभानको कैलाश खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २८ वर्षीय मिनबहादुर ढोलीको बिहीबार मृत्यु भएको छ। उक्त खोलामा मलामी गएको अवस्थामा अस्तु सेलाउने क्रममा अचानक चिप्लिएर खोलामा डुब्दा उनको मृत्यु भएको हो। इलामको माई नगरपालिका–१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय वर्धन राईको बिहीबार मृत्यु भएको छ। साथीहरुसँग …

पुरा पढ्नुहॊस »

मकवानपुरमा बस दुर्घटनाः दुई जनाको मृत्यु, दर्जनौँ घाइते

मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। प्रहरीका अनुसार हेटौँडाबाट चितवनतर्फ गइरहेको ना४ख ४४५४ नंको बस आज बिहान ८ः३० …

पुरा पढ्नुहॊस »

टंगाल स्थित डेट्स द रेष्टाेमा हाेली विशेष कार्यक्रमकाे आयाेजना

नेपालीहरूकाे रमाइलाे पर्व हाेली बिहीवार पहाडी र हिमाली जिल्लामा मनाइयाे। आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व धुमधामसँग मनाइँदैछ। तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ। पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुशीयाली प्रकट …

पुरा पढ्नुहॊस »

राजपत्रमा प्रकाशित भयाे स्थानीय तह निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ। आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ। यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ। एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न पाइने छैन। सार्वजनिक भवन, सार्वजनिक सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन …

पुरा पढ्नुहॊस »

चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई प्रचण्डकाे आग्रह

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन्। उनले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नसमेत कार्यकर्तालाई आग्रह गरे। प्रेस सङ्गठन लुम्बिनीद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे। उनले निर्वाचनमा तालमेल गर्ने र अधिकतम …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः २७ जनामा संक्रमण, मृत्यु संख्या शून्य

नेपालमा काेराेना संक्रमण दर दैनिक रूपमा कम हुँदै गइरहेकाे छ। पछिल्लाे २४ घण्टामा गरिएका परीक्षण मध्ये जम्मा संक्रमण दर १.२ प्रतिशत मात्र रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७४७ परीक्षण गरिएकाे छ। जसमध्ये २७ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ । यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या २२० रहेको छ। …

पुरा पढ्नुहॊस »

डिजिटल रूपान्तरणका लागि निष्पक्ष डिजिटल उपभोक्ता अधिकारमा सरोकारवालाहरूको जोड

हाम्रो दैनिकीलाई सहज बनाउनेदेखि सरकारी र निजी सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोगले व्यापकता पाइरहेको छ। आर्थिक कारोबार, शिक्षा, स्वास्थ्य, सरकारी सेवा सुविधालाई प्रविधिमैत्री र पहुँचयुक्त बनाउन विभिन्न तवरले नेपालमा पनि काम भइरहेको छ । तर डिजिटल सेवाग्राहीहरू बढिरहँदा उपभोक्ताको गुनासो र अधिकार कतिको सम्बोधन भएको छ भन्ने कुरा अहिले विश्वव्यापीरूपमा बहसको विषय बनेको छ। मार्च १५ मा विश्वभर बनाइने विश्व उपभोक्ता अधिकार दिवस २०२२ को थिम नै ‘फेयर डिजिटल फाइनान्स’ …

पुरा पढ्नुहॊस »

उपत्यकाकाे ट्राफिक चेकजाँचमा कडाइ

फागु पूर्णिमाको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ। काठमाडौं उपत्यकाका ६८ ठाउँमा ट्राफिक प्रहरीले चेक प्वाइन्ट राखेको छ। यस्तै ठाउँ ठाउँमा राडार गनबाट गति निगरानीसमेत भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले जानकारी दिए। सातदोबाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा राडारबाट गति निगरानी गरिएको उनले बताए। सवारीसाधन चेकजाँचका लागि उपत्यकामा एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन गरिएको छ। ट्राफिक प्रहरीले अहिलेसम्म …

पुरा पढ्नुहॊस »

स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन्। प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उनको विश्वास छ। होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय वैशाख ३० भएको बताए। एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ नहुने भन्दै ओलीप्रति कटाक्ष पनि गरे। कार्यक्रममा उनले होली पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र …

पुरा पढ्नुहॊस »

५ सय रुपैयाँले बढ्याे सुनको मूल्य

बिहीबार सुनकाे भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ९९ हजार ५ सयमा काराेबार भइरहेकाे हाे । मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ सयमा काराेबार भएकाेमा बुधबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियाे। बिहीबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ३०० तोकिएको छ। चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले बढेको छ। बुधबार चाँदीकाे मूल्य १ हजार ३७० कायम भएकाेमा …

पुरा पढ्नुहॊस »