प्रदिप नेपाल

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब प्रतिलिटर १५५ रूपैंयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको हो। यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु …

पुरा पढ्नुहॊस »

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल विक्रि वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सीङ कर्जा सुविधा उपलब्ध गराउनेछ। साथै, आफ्नो व्यवसायको आवश्कता बमोजिम मोबाइल वितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवा …

पुरा पढ्नुहॊस »

इन्धन खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीबाट साईकल प्रयोगमा जोड

विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्थाले हाम्रो देशसमेत इन्धनमा भएको मूल्यवृद्धिको चपेटामा परेको हामी सबैमा जानकारी नै छ। इन्धन (पेट्रोलियम पदार्थ) को मूल्यवृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरि सांग्रिला डेभलपमेन्ट बैंक लि.ले इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक कदमहरु अगाडि वढाएको छ। ‘समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवत …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूको ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

बैंक अफ काठमाण्डू लिमिटेडले रु.१,०००/– अंकित दरको ११ लाख कित्ताले हुन आउने रु. १ अर्ब १० करोड (अक्षरुपी १ अर्ब १० करोड) रकम बराबरको बि.ओ.के डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ । काठमाण्डौं, कमलपोखरी स्थित मुख्य कार्यालय रहेका बैंक अफ काठमाण्डू लिमिटेड कम्पनी ऐन बमोजिम नेपाल सरकार, …

पुरा पढ्नुहॊस »

७० प्रतिशत स्थानीय तहमा जित्ने गरि एमाले चुनावमा जाने

एमाले आसन्न स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत विजयी हासिल गर्नेगरि चुनावमा जाने भएको छ। संघीय संसद् भवनमा बुधबार बसेको संसदीय दलको बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्नेगरि निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने जानकारी दिएका प्रमुख सचेतक भट्टराईले एकाध स्थानमा एकाध पार्टीसँग तालमेल …

पुरा पढ्नुहॊस »

नेपालमा संक्रमण दर घट्दै, ८२ जनामा संक्रमण पुष्टि

नेपालमा काेराेना संक्रमण दर दैनिक रूपमा कम हुँदै गइरहेकाे छ। पछिल्लाे २४ घण्टामा गरिएका परीक्षण मध्ये जम्मा संक्रमण दर १.२ प्रतिशत मात्र रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार १७५ परीक्षण गरिएकाे छ। जसमध्ये ८२ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ । यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या २१३ रहेको छ। विगत …

पुरा पढ्नुहॊस »

शेयर बजारः नेप्से परिसूचक बुधबार पनि ओरालो लाग्याे

शेयर बजारको परिसूचक ओरालो लाग्ने क्रम बुधबार पनि कायम रहेकाे छ। आज १९.६५ अंकले घट्दै नेप्से परिसूचक २६३१ अंकमा झरेको छ। त्यस्तै कारोबार रकममा पनि आज कमी आएको छ। बुधबार २ अर्ब ५७ करोड मात्र काराेबार भएकाे छ। बुधबार होटल तथा पर्यटन ६६ र निर्जीवन बीमा उपसमूह ७७ अंकले बढेकाे छ। बैंकिङ ११, ब्यापार ३६, विकास बैंक ६०, जलविद्युत ३३, फाइनान्स २९, उत्पादन ४४, अन्य ५७, माइक्रोफाइनान्स ९ र जीवन …

पुरा पढ्नुहॊस »

श्रममन्त्री श्रेष्ठद्वारा आबुधाबिमा नेपाली समुदायसँग छलफल

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मङ्गलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग छलफल गरेका छन्। कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन दिने र रोजगारीको प्रलोभनमा नेपालीलाई युएई ल्याउनेलाई कारबाही गर्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दोषीलाई पक्राउ गर्न सकिने बताए। वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानअघि बढाइएको जनाउँदै उनले भने, “गैरकानुनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकको नयाँ योजना, अनलाइनबाटै लिन सकिन्छ यस्ता सुविधा

एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ। अब ग्राहकहरूले बैंकमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन्। बैंकले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्न लागेको जनाएको छ। ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि …

पुरा पढ्नुहॊस »

आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८८ पैसा कायम गरेको छ। युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ५० पैसा र बिक्री दर १३५ रुपैयाँ १६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४० पैसा र बिक्री दर १६० रुपैयाँ १९ पैसा छ। स्वीस फ्रेङ्क …

पुरा पढ्नुहॊस »