भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ । सो अवसरमा “उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा‭” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।‬‬‬

संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका ब्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास र प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्र राज दाहालले आजको वदलिदो परिस्थितीमा बीमाको अपरिहार्यताका बारेमा प्रकाश पार्दै बीमा गर्ने समयमा नै पर्याप्त छलफल गर्न सकेमा पछि दावीको अवस्थामा कुनै समस्या नहुने कुरा आफ्नो प्रस्तुतिकरणमा बताए । उक्त कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गाेंसाइले कार्यक्रमको औचित्य र बीमाको महत्वको बारेमा प्रष्ट पारेका थिए । संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैया धौवन्जाले बीमाको अपरिहार्यताको बारेमा आफ्नो मन्तव्य राखेकी थिइन् ।

सोही अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बीमा सेवा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस