नेपालमा संक्रमण दर घट्दै, ८२ जनामा संक्रमण पुष्टि

नेपालमा काेराेना संक्रमण दर दैनिक रूपमा कम हुँदै गइरहेकाे छ। पछिल्लाे २४ घण्टामा गरिएका परीक्षण मध्ये जम्मा संक्रमण दर १.२ प्रतिशत मात्र रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार १७५ परीक्षण गरिएकाे छ। जसमध्ये ८२ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या २१३ रहेको छ। विगत २४ घन्टामा १ लाख ५ हजार ४२२ जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ।

सक्रिय संक्रमितकाे संख्या ४ हजार ५७४ रहेकाे छ।

काठमाडाैं उपत्यकामा १६ जनामा संक्रमण भएकाे छ। जसमध्ये काठमाडाैंमा १५ र ललितपुरमा १ छन् भने भक्तपुरमा संक्रमण देखिएन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री