शेयर बजारको परिसूचक ओरालो लाग्ने क्रम बुधबार पनि कायम रहेकाे छ। आज १९.६५ अंकले घट्दै नेप्से परिसूचक २६३१ अंकमा झरेको छ।
त्यस्तै कारोबार रकममा पनि आज कमी आएको छ। बुधबार २ अर्ब ५७ करोड मात्र काराेबार भएकाे छ।
बुधबार होटल तथा पर्यटन ६६ र निर्जीवन बीमा उपसमूह ७७ अंकले बढेकाे छ। बैंकिङ ११, ब्यापार ३६, विकास बैंक ६०, जलविद्युत ३३, फाइनान्स २९, उत्पादन ४४, अन्य ५७, माइक्रोफाइनान्स ९ र जीवन बीमा उपसमूह ५७ अंकले घटेकाे छ।
इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो भने मैलुङखोलाको मूल्य ६ तथा सोल्टी होटलको ४ प्रतिशतले बढ्यो ।
नेपाल टेलिकम, गरिमा विकास बैंक, अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा अगाडि रहे ।
प्रतिकृया दिनुहॊस