बैंक अफ काठमाण्डूको ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

बैंक अफ काठमाण्डू लिमिटेडले रु.१,०००/– अंकित दरको ११ लाख कित्ताले हुन आउने रु. १ अर्ब १० करोड (अक्षरुपी १ अर्ब १० करोड) रकम बराबरको बि.ओ.के डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

काठमाण्डौं, कमलपोखरी स्थित मुख्य कार्यालय रहेका बैंक अफ काठमाण्डू लिमिटेड कम्पनी ऐन बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो ।

यस बैंकले तत्कालिन बैंक अफ काठमाण्डू लिमिटेड तथा लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, ०७३ अनुसार ०७३/०३/२४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी “क” वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ्ग कारोवार सञ्चालन गर्दै आएको छ । यस बैंकले ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुका मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले चैत २ गते हस्ताक्षर गरे ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after