News desk

जीतपुरस्थित सिटी मार्केटमा आगलागी

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ । आइतबार बिहान आगलागी हुँदा ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ । आगलागीमा अन्य पसलमा पनि क्षति पुगेको छ । प्रहरीकाअनुसार स्थानीय व्यवसायी अनिल साहको रेडिमेड कपडा पसलमा विधुत सर्ट हुँदा आगलागी भएको हो । दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासिन्दा र व्यवसायीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । करिब तीन घण्टासम्म लागेको आगोले लाखौँको …

पुरा पढ्नुहॊस »

तीव्र आलोचनापछि विशिष्ट व्यक्तिको सवारी सुरक्षा नियम परिमार्जन गर्न सरकार तयार

काठमाडौं । आम सर्वसाधारण तथा पेशाकर्मीको चर्को आलोचना खेपेपछि विशिष्ट व्यक्तिको सवारी सुरक्षासम्बन्धी प्रचलित नियममा परिमार्जन गर्न सरकार तयार भएको छ । शीतल निवासदेखि संसद भवनसम्म शुक्रबार भएको राष्ट्रपतिको सवारीमा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत एक चिकित्सकमाथि कुटपिट गरेपछि यसबारे सरकारको तीव्र आलोचना भएको छ । त्यसअघि पनि विशिष्ट व्यक्तिको सवारीका क्रममा घण्टौँसम्म सडकमा आवतजावत ठप्प पार्दा सास्ती खेप्नु परेको भन्दै सर्वसाधारणबाट आलोचना हुँदै आएको थियो । पछिल्लो पटक भने चिकित्सक …

पुरा पढ्नुहॊस »

सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुको आन्दोलन स्थगित

काठमाडौँ । सरकारसँग ६ बुँदे सहमति भएका चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् । राष्ट्रपतिको सवारीका क्रममा वीर अस्पतालका एक चिकित्सक ट्रमा अस्पतालमा जाने क्रममा बाटोमा शुक्रबार प्रहरीले कुटपिट गरेको विरोधमा चिकित्सकहरुले आन्दाेलनमा उत्रिएका थिए । चिकित्सकहरूले  देशभरका सरकारी अस्पतालहरुमा अत्यावश्यकबाहेकका सबै सेवा ठप्प परेर आन्दाेलनमा उत्रिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा वार्तामा चिकित्सकहरुको माग पूरा गर्ने ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलन स्थगित गरेका हुन् । सहमति अनुसार कुटपिटमा …

पुरा पढ्नुहॊस »

उपत्यका बाहिरका पब्लिक क्याम्पसहरूलाई निःशुल्क ब्रोडव्याण्ड इन्टरनेटको सुविधा

काठमाडाैँ । काठमाडौं उपत्यका बाहिरका पब्लिक क्याम्पसहरूले २ वर्षसम्म निःशुल्क रुपमा ब्रोडव्याण्ड इन्टरनेट सुविधा उपभोग गर्न पाउने भएका छन्। यो सुविधा उपत्यका बाहिरका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूले पनि पाउने छन्।त्रिभु वन विश्वविद्यालय र नेपाल दुरसञ्चार प्राधिकरणबीच केही दिनअघि भएको समझदारीले त्रिविका आंगिक क्याम्पस तथा पब्लिक क्याम्पसहरूलाई ब्रोडव्याण्ड इन्टरनेट सुविधा उपभोग गर्न पाउने वातावरण बनेको हो। ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्ने सम्बन्धी समझदारी पत्रमा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा पेशल दाहाल र प्राधिकरणको …

पुरा पढ्नुहॊस »

अभिनयमा फर्किदै अभिनेता राजबल्लभ कोइराला

काठमाडौँ । सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गर्नुभएका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्नुहुने भएको छ । पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापर्नुभएका उहाँ झण्डै १० वर्षपश्चात अभिनय गर्दै हुनुहुन्छ । “आफू सुहाउँदो भूमिका पाएँ । र, यो महत्वपूर्ण मध्येको एक हो”, अभिनेता कोइरालाले भन्नुभयो, “मेरो छायाँङन ब्राजिल र मेक्सिकोमा तय भएको छ ।” अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग …

पुरा पढ्नुहॊस »

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शुक्रवार नेपाल बीमा प्राधिकरणको कार्यालयमा दुवै कम्पनीका संचालक समितिका अध्यक्ष लगायत संचालक र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतामा कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरे । उक्त …

पुरा पढ्नुहॊस »

दूधको मूल्य बढाउन सरकारलाई माघ मसान्तसम्मको अल्टिमेटम

काठमाडाैँ । दूग्ध व्यवसायीले दूधको मूल्य बढाउन सरकारलाई माघ मसान्तसम्मको अल्टिमेटम दिएका छन्। पछिल्लो समय हरेक दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ लगायतमा २० देखि ३० प्रतिशतसम्म मूल्यवृद्धि हुँदा पनि किसानले पाउने दूधको मूल्य वृद्धि हुन नसकेको भन्दै व्यवसायी विरोधमा उत्रेका हुन्। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको अगुवाइमा भएको कार्यक्रममा उद्योगी व्यवसायीले माघ महिनाभरमा दूधको मूल्य नबढाए आफैं बढाउने चेतावनी दिएका छन्। संघको अनुरोधमा शुक्रबार ३६ जिल्लामा आन्दोलनका बारेमा जानकारी गराउन …

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धनमा तिक्तता चुलिँदा हौसिँदै कांग्रेस

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वमा गठन भएको सरकारले विश्वास गुमाएलगत्तै संघको सत्ता गठबन्धन संकटमा फसेको छ । संघमा माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी विश्वासको मत दिने समयमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वास गुमाएका हुन् । योसँगै सुदूर सरकारमा कांग्रेसको इन्ट्री मात्र भएको छैन, वर्तमान गठबन्धन अब कसरी अघि बढ्छ भनेर प्रश्न उठेको छ । प्रदेश सरकार गुम्ने अवस्था आएपछि सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष अफर

काठमाडाैँ । ‘भ्यालेन्टाइन डे’ को अवसरमा एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ‘सेलिब्रेसन लभ विथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ। यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकहरूलाई लक्षित गरेर ल्याइएको हो। २०७९ माघ २८ देखि २०७९ फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट …

पुरा पढ्नुहॊस »

हुलाक सेवालाई जगाउने सञ्चारमन्त्री शर्माको बाचा

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएकी छन् । नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा संयुक्तरूपमा आज आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको बताइन् । उनले भनिन्, ‘समयसापेक्ष सूचना प्रविधि र सङ्घीय संरचनाअनुसार काम अघि बढाउने …

पुरा पढ्नुहॊस »