बझाङमा कांग्रेसले एमाले उछिन्यो, अभिषेकलाई २६४ मतको अग्रता (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका छन् ।

सुरूआतदेखिनै एमालेका दमन भण्डारीले अग्रता कायम राखेका थिए । अहिले भने उनी कांग्रेसका सिंह भन्दा २६४ मतले पछि परेका हुन् ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा कांग्रेसका सिंहले सात हजार ४ सय ९२ मत ल्याएका छन् । उनलाई एमाले उम्मेदवार भण्डारीले सात हजार २ सय २८ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।

माओवादीका जनकबहादुर बुढाले २ हजार ८ सय १५ मत ल्याएर तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १ सय २ मत पाएका छन् ।

अहिलेसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छबिसपाथिभेरा गापा, थलारा गाउँपालिका ९ र सुर्मा गाउँपालिको मत गणना भएको छ ।

अब तल्कोट, साइपाल र मष्टा गाउँपालिकामा मात्रै मतगणना गर्न बाँकी छ । मष्टाको मतगणना सुरू भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस