News desk

यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार नयाँ मूल्य तोकेको छ । समितिका अनुसार बिहीबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १४० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको यो न्यूनताम मूल्य हो । नेपाली ठूलो गोलभेडा …

पुरा पढ्नुहॊस »

सुनको भाउमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको भाउले निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको छ । सुनको भाउ आजपनि बृद्धि भएर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । माघ महिनामै सुनको मूल्यले ३ पटक रेकर्ड …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । बिहान सभापति शेरबहादुर देउवाको ‘डेरा’ धुम्बाराहीमा बसेको संसदीय दल कार्य समितिको बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेस मुख्य सचेतक रमेश लेखकले २३ गते हुने निर्वाचनका लागि २२ गते कांग्रेसका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए । उनकाअनुसार बैठकले राष्ट्रिय सभाको उपाध्यक्षका लागि अन्य दलसँगसमेत सल्लाह गरेर व्यक्तिका बारेमा टुङ्गो लगाउने …

पुरा पढ्नुहॊस »

कालिञ्चोक बजारमा आगलागी हुँदा नौं घर–पसल जले

काठमाडाैँ । दोलखाको कालिञ्चोक गाउँपालिका–९ कटुवाचौचर बजारमा आगलागी हुँदा ९ वटा घर पसल जलेर नष्ट भएका छन् । बुधबार राति ११:२५ बजेतिरबाट आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीमा बजार क्षेत्रका ९ घर तथा पसल जलेर पूर्ण रूपमा नष्ट भएको दोलखाका प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले जानकारी दिए । बजार क्षेत्रमा लागेको आगलागी अझै पूर्णरूपमा नियन्त्रण आइनसकेको उनले जानकारी दिए । आगलागीमा केही चौपाया पनि जलेर मरेको उनले बताए । …

पुरा पढ्नुहॊस »

अयोध्या पुग्यो कालिगण्डकीको शिला

एजेन्सी । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्‍याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो । अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको …

पुरा पढ्नुहॊस »

सिंहदरबारको ढल विसर्जनमा लापरबाही

काठमाडौं । सिंहदरबारको फोहोर विसर्जनमा चरम लापरबाही भएको पाइएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट आसपासका क्षेत्र बुधबार हिलाम्मे र दुर्गन्धित हुनुमा ढल फुटेर वा ढल जाम भएर नभई फोहोर विसर्जनमा भएको लापारबाहीका कारण हो। पूर्वी गेटसँगै रहेको पानी प्रशोधन केन्द्रको फोहोर बगेर पूर्वी गेट र अनामनगर क्षेत्रको सडक फोहोर तथा हिलाम्मे बन्यो। यस्ता विपत् आउँदा तत्काल काम गर्ने गरी काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालन गरी मर्मत गर्ने …

पुरा पढ्नुहॊस »

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । मोहमदलाई ९ किलो १३५ ग्राम अवैध सुनसहित पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका एक किलो भन्दा बढी मात्राको सुन ल्याएका थिए …

पुरा पढ्नुहॊस »

माघ १९ : राजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गरेको दिन

काठमाडौँ । आज माघ १९, प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन । यस दिनलाई कालोदिनका रूपमा सम्झने गरिन्छ । संसदीय व्यवस्थाबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हटाई प्रत्यक्ष निरङ्कुश शासन व्यवस्था लादेको भन्दै आजको दिनलाई कालोदिनका रूपमा सम्झिने गरिन्छ । २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल …

पुरा पढ्नुहॊस »

देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको ‘डेरा’ धुम्बाराहीमा बिहान ९ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । बैठकमा राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल हुनेछ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो । यस्तै राष्ट्रपति चुनाव नजिकिँदै जाँदा कांग्रेसले माओवादी केन्द्रसँग निकटता थप …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बिमा संस्थानले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय बिमा संस्थानले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । करार सेवामा पदपूर्तिका लागि संस्थानले आवेदन माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ । हेर्नुस् सूचना :-

पुरा पढ्नुहॊस »