News desk

सन्दीपलाई विदेश खेल्न जान सर्वोच्चले दिएन अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अस्वीकार गरेको छ । आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको निवेदनको आज न्यायाधीश ईश्वर खतिवडाको इजलासले सुनुवाई गरेको हो । साथै सर्वोच्चले सन्दीपको अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम शनिबार युएई जाँदैछ । उक्त …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहन्छ : डा. महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दावी गरेका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले राष्ट्रपति निर्वाचनका बिषयमा सवै दलहरुसंग सकारात्मक रुपमा छलफल भइरहेको र कांग्रेसको उम्मेदवारलाई सवैको समर्थन रहने दाबी गरेका हुन् । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आए त्यसपछि कांग्रेसले साथ दिने उनको भनाइ छ । प्रवक्ता महतले एकीकृत समाजवादीसंग लामो समय सहकार्य …

पुरा पढ्नुहॊस »

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार शुरु, ३४ अर्ब पुँजी

काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि संयुक्त कारोबार सुरु गरेका छन् । हिमालयन बैंकले सिभिललाई गाभेर एकीकृत कारोबार शुरु गरेको हो । सिभिल बैंक १०० कित्ता शेयर बराबर हिमालयन बैंकमा ८०.२८ कित्ता हुने गरी मर्जर भएको हो । मर्जरपछि स्थापित बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो । मर्जरपछि …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिमा शनिबार एमालेले उम्मेदवारी दिन्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन गराउने बताएका हुन् । ओलीले सत्ता गठबन्धनमा पुष १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जिकिर गरे । उनले अरु घटनाक्रममा बिषयमा आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।  

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगार विभागमा सेवा लिन जाँदा परिचयपत्र अनिवार्य

काठमाडौँ । वैदेशिक रोजगार विभागमा सेवा लिन जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने भएको छ । अनावश्यक भीडभाड बढेको भन्दै विभागले सेवाग्राहीलाई सेवा लिन आउँदा आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउन एक सूचना जारी गर्दै जानकारी गराएको हो । विगत केही दिनदेखि विभागमा नियमित कार्यसम्पादनको सिलसिलामा पीडितको नाममा कानुन, विधि र प्रक्रिया विपरीतका कार्य गर्दै आउने गरेको भन्दै विभागले कडाइ गरेको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जारी गरेको सूचनामा उल्लेख छ …

पुरा पढ्नुहॊस »

नेपालमा पनि मनाइयो डिजिटल लर्निङ डे, प्रविधिमैत्री सिकाइमा जोड

काठमाडाैं । एडचेञ्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ।  डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रमको आयोजना गर्दै  डिजिटल लर्निङ डे मनाएको हो। एडचेञ्ज नेपालकी अध्यक्ष डा. राजेश्वरी मल्लको सभापतित्वमा सुरू भएको कार्यक्रमको प्रमुख अतिथिमा सांसद तथा नेपाली कांग्रेसका नेता एनपी साउदको उपस्थिति थियो। यस्तै विशेष अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, खुला …

पुरा पढ्नुहॊस »

सिभिललाई मर्जपछि अध्यक्ष श्रेष्ठले भने- हिमालयन बैंकले उच्चतम प्रतिफल दिनेछ

काठमाडाैं । हिमालयन बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले सिभिल बैंकलाई मर्ज गरेपश्चात् बैंक ठूलो मात्र नभएर उच्चतम प्रतिफल दिने समेत बनेको बताएका छन्। हिमालयन बैंकले सिभिल बैंकलाई मर्ज गरी एकीकृत कारोबार कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन्। हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज फागुन १२ गते सुरु भएको छ। उनले यसअघि कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज नगरी बैंक १४ अर्ब पुँजी पुर्याएको बताए । ‘हिमालय …

पुरा पढ्नुहॊस »

गगनको दाबी- पुरानो गठबन्धन ब्युँतिन्छ, राष्ट्रपतिको साझा उम्मेदवार तय हुन्छ

काठमाडौं । चुनावअघिको चार दलीय गठबन्धनको बैठक फेरि साँझ ५ बजे बैठक बस्ने सहमति गर्दै सकिएको छ । बालुवाटारमा ३ घण्टाभन्दा बढी बसेको चार दलको बैठकमा पुरानो गठबन्धन ब्युँताउँदै एमाले बाहेक राष्ट्रपतिमा सहमति जुटाउने प्रयासबारे विभिन्न कोणबाट छलफल नेताहरूले जानकारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेतृत्व छलफलमा जुटेका थिए । बैठकबाट बाहिरिँदै कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको विषयमा पाँच …

पुरा पढ्नुहॊस »

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

काठमाडाैँ ।  कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ । उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार छ …

पुरा पढ्नुहॊस »

ग्यालेक्सिी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण हुने

काठमाडौं । ग्यालेक्सिी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण हुने भएको छ । गत वर्षदेखि आयोजना गर्न थालिएको यो अवार्डको दोस्रो संस्करण हुने भएको हो । करिब एक दशकभन्दा लामो समयदेखि सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय, अन्तर्राष्ट्रिय शो एवं कार्यक्रम आयोजना गर्दै आएको निकिला मिडिया नेटवर्क तथा भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा यो अवार्ड हुन लागेको हो । लामो समयदेखि आ-आफ्नो क्षेत्रमा तल्लिन भई लागेर सफलता हासिलगरी देश विदेशमा नाम कमाउन सफल भई …

पुरा पढ्नुहॊस »
This will auto close after