News desk

बंगलादेशमा १९ जनालाई मृत्युदण्ड

काठमाडाैं । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्‍यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो । रहमानमाथि आक्रमणको योजना …

पुरा पढ्नुहॊस »

दक्षिण अफ्रिकाले जित्यो पहिलो टी–२०

काठमाडाैं । दक्षिण अफ्रिका र जिम्बावेबिच जारी ३ खेलको टी-२० सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रीकाले जिम्बावेलाई ३४ रनले हराएको हो । इष्ट लण्डनमा दक्षिण अफ्रीकाले दिएको १ सय ६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले  १७ ओभर २ बलमा अलआउट हुँदै १२६ रन मात्र जोड्न सक्यो । जिम्बावेका पिटर मुरले ४४ रन जोडेपनि अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । त्यस्तै ब्रेण्डन …

पुरा पढ्नुहॊस »

दैनिक सवा लाख सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिँदै

काठमाडाैं । काठमाडौं उपत्यकाबाट दसैँ मान्न घर जाने क्रम वढेको छ । विगत केही दिनदेखि विभिन्न नाका हुँदै दैनिक सवा लाख सर्वसाधारणले उपत्यकाबाट बाहिरिने गरेका छन् । केही दिनदेखि दैनिक सवा लाख भन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यात्रु बाहिरने क्रम वढेकाले यतिबेला सवैजसाे सडकमा सवारीकाे चाप छ । काठमाडौँ उपत्यकाबाट थानकोट नाका, विपी राजमार्ग, बल्खु-कुलेखानी-हेटौंडा सडकबाट धेरैजसो यात्रु बाहिरिने गरेका छन् । विपी राजमार्गको …

पुरा पढ्नुहॊस »

बुद्ध एयरले पोखराबाट भारत र चीन उडान गर्ने

सर्वसाधारणलाई ३० प्रतिशत शेयर बिक्री गर्ने तयारी काठमाडाैं । निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारत र चीनमा उडान गर्ने भएको छ । स्थापनाको २१ वर्ष पूरा गरी २२ वर्ष प्रवेशको अबसरमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र चीनमा उडान गर्ने योजना रहेको बताएका छन् । बुद्ध एयरले १४ वटा विमानबाट भारत र चीनका प्रमुख शहरमा उडान गर्न लागेको खबर आजको समाचारपत्र दैनिकले छापेको छ …

पुरा पढ्नुहॊस »

दैनिक उपभोग्य बस्तुमा अचाक्ली मूल्य वृद्धि : केमा कति वढ्यो ?

काठमाडाैं । चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ। व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन्। यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ । भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ। हरियो तरकारीदेखि फलफूलसम्म, चामलदेखि खानेतेलसम्म भाउ बढेको छ । सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लखेका छन्। थोक व्यापारीले आफूखुशी मूल्यवृद्धि …

पुरा पढ्नुहॊस »

केपी र प्रचण्डलाई स्थानीय नेताको प्रश्न- वामदेवको लागि किन उपचुनाव?

काठमाडाैं । वामदेव गौतमलाई उपचुनावमार्फत् संसद्मा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं–७ खाली गराउन स्थानीय नेताले नेकपाका अध्यक्षद्वयलाई सुझाब दिएका छन्। प्रतिनिधिसभाका सांसद् रामवीर मानन्धरले राजिनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारीपछि उक्त क्षेत्रका नेता बुधबार केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्। प्रदेश सांसद वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्युच्छेकाजी श्रेष्ठले दुई अध्यक्षलाई स्थानीय वस्तुस्थिति अवगत गराएका छन्। …

पुरा पढ्नुहॊस »

कपिलवस्तुकै सांसद् प्रचार गर्छन्- बुद्ध भारतमा जन्मिएका हुन् !

काठमाडाैं । प्राचिन बुद्ध नगरी कपिलबस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलबस्तु–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । भारतको सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएको दाबीसहित प्रचार गरिएको थियो । उत्तर प्रदेश सरकारले बुद्ध …

पुरा पढ्नुहॊस »

इन्जिनियरिङ कलेजमा ३३ करोड अनियमितता

काठमाडाैं । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका सञ्चालकले ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको पाइएको छ । कलेजको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त रकम अनियमितता भएको पाइएको खबर कान्तिपुरमा लीला श्रेष्ठले लेखेका छन् । कलेजका अध्यक्ष लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, लवराज भट्टराई, रामरत्न उपाध्याय र उपेन्द्र गौतमले ३३ करोड ७६ लाख ७३ हजार रुपैयाँ अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । सञ्चालक समिति सदस्य हरिप्रसाद पाण्डे, सलिल भट्टराई, डा.दीपक भट्टराई, सोमप्रसाद …

पुरा पढ्नुहॊस »

दसैँमा मुद्दा हेर्न सर्वोच्चमा तोकिए यी न्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतले दशैं बिदाको अवधिमा पनि बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि न्यायाधीश तोकेको छ ।  त्यस्तै, मुलुकी फौजदारी संहितले गरेको नयाँ व्यवस्थाअनुसार अभियुक्तलाई पक्राउ पुर्जी जारी गर्न नयाँ व्यवस्थाका लागि पनि अधिकार तोकिएको छ । असोज २४ देखि कात्तिक ७ गतेसम्म अदालत बन्द रहनेछ र बन्दका अवधिमा बन्दीका मुद्दा र पक्राउ पुर्जी भने जारी हुनेछ ।  सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले मुद्दा हेर्ने न्यायाधीश तोकिएको बताए । उनले …

पुरा पढ्नुहॊस »

इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘एनआइबिएल मास्टर कार्ड’

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले मास्टर डेविट कार्ड संचालनमा ल्याएको छ । बैंकले ग्राहकलाई कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्ड संचालनमा ल्याएको हो । एनआइबिएल मास्टरकार्डको उद्घाटनपछि बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले सबै शाखामार्फत मास्टरकार्डको सेवालाई बजारमा प्रभावकारी रुपमा विस्तार गर्ने बताए । कार्यक्रममा मास्टरकार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका भाइस प्रेसिडेन्ट विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकासक्रमको प्रसंशा गर्दै नेपाल इन्भेष्टमेण्ट बैंकसँग …

पुरा पढ्नुहॊस »
This will auto close after