हुलाक सेवालाई जगाउने सञ्चारमन्त्री शर्माको बाचा

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएकी छन् ।

नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा संयुक्तरूपमा आज आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको बताइन् । उनले भनिन्, ‘समयसापेक्ष सूचना प्रविधि र सङ्घीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको छ ।’

उनले ‘मिडिया’ क्षेत्रमा देखापरेको समस्याका बारेमा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि जानकारी लिने काम जारी रहेको बताए । आगामी दिनमा पत्रकार र सञ्चार क्षेत्रको सबलीकरण हुने खालका कार्यक्रमलाई अघि बढाइने र सरकारी सञ्चारमाध्यमलाई प्रदेशस्तरमा व्यवस्थित गर्ने कामको थालनी गरिने उनले बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दोलखामा मलामी सवार बोलेरो पल्टियो, १४ घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर

दोलखा । दोलखाको मेलुङ गाउँपालिका-१ पवटीमा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा घाइते भएका १४ …

प्रतिकृया दिनुहॊस