फोनमा ठूलो आवाजमा कुरा गरेको निहुँमा विवाद हुँदा हत्या, अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौँ । फुपूको छोरीको हत्या गरी फरार रहेका अभियुक्तलाई नेपाल प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ९ वर्षअघि फुपूको छोरीको हत्या गरी फरार रहेका अभियुक्त समरबहादुर सार्कीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरिएको हो ।

अभियुक्तलाई काठमाडौँस्थित चान्लाखेल क्षेत्रबाट पक्राउ गरिएको हो । अभियुक्त सार्कीले मिति २०७१ साल असोज ३१ गते फुपूको छोरीको हत्या गरी फरार भएका थिए । फुपूको छोरी २३ वर्षीया सुनमाया किसान (सार्की) को हत्या गरी शौचालयमा फालिएको अवस्थामा कार्तिक १ गते शव फेला परेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार म्याग्दी जिल्ला तत्कालीन कुहु गा.वि.स. वडा नं.५ स्थायी घर भएकी सुनमाया किसान काठमाडौं जिल्ला तत्कालित सेतीदेवी गा।वि।स। वडा नं। तौथलीमा आफ्नो मामा गंगाबहादुर सार्कीसँग कुष्ठरोग आरोग्य आश्रममा बस्ने गरेकी थिइन् ।

कीर्तिपुर कृषि कार्यालयमा जेटिएको रुपमा कार्यरत रहेकी उनको कोठामा मामाका छोरा समरबहादुर सार्की २०७१ साल असोज ३१ गते बुबा भेट्न आएका थिए । सोही राती खाना खाएर सुत्ने तरखरमा रहँदा सुनमायाले फोनमा ठूलो आवाजमा कुरा गरेपछि भएको विवादका क्रममा उनको हत्या भएको देखिएको प्रहरी नायव उपरीक्षक सुरक्षा केसीले जानकारी दिए ।

अभियुक्त हत्या गरेर भोलिपल्टै भारततर्फ प्रवेश गरेका थिए । पक्राउ परेका उनलाई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नारायणीमाथि नयाँ पुल बन्ने, प्रधानमन्त्री प्रचण्डले गरे शिलान्यास (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न …

प्रतिकृया दिनुहॊस