बाँकेमा युट्यूब हेरेर बनाएको पेस्तोल पड्किएपछि १६ वर्षीय किशोर घाइते

काठमाडौं । बाँकेमा आफैले बनाएको पेस्तोल पड्किँदा एक किशोर घाइते भएका छन् । शनिबार राति जिल्लाको राप्तिसोनारी गाउँपालिका एक १६ वर्षीय किशोर घाइते भएका हुन् ।

उनले युट्यूब हेरेर काठ र फलामको घरेलु कटुवा पेस्तोलजस्तो हतियार बनाएका थिए । तर, पाइन्टको पछाडिको गोजीमा राखेको उक्त पेस्तोल निकाल्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ ।

पेस्तोल पड्किँदा उनको दाहिने खुट्टाको पछाडिको हिपमा छर्रा गाडिएको छ । उनलाई उपचारको लागि मेडिकल कलेज नेपालगञ्ज बाँके पठाइएको छ ।

उनको अवस्था सामान्य रहेको र हतियार प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after