News desk

विराटनगर उड्न लागेको सौर्यको जहाजमा समस्या, ‘पार्किङ-वे’ मै फिर्ता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि आज उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ । विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ । यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार जहाजमा के समस्या देखिएको हो भन्ने …

पुरा पढ्नुहॊस »

अब मोबाइल ‘एप’बाटै महालक्ष्मी बैंकमा पैसा जम्मा गर्न सकिने (भिडिओसहित)

काठमाडौँ । महालक्ष्मी विकास बैंकले मोबाइल ‘एप’बाटै खातामा पैसा जम्मा गर्न सकिने सुविधा ल्याएको छ । बैंकले मोबाइल ‘एप’ महालक्ष्मी बैंक एक्सपीमार्फत पैसा जम्मा गर्न सकिने सुविधा ल्याएको हो । एप मोबाइलमा डाउनलोड गरिसकेपछि लगिन गर्नुपर्नेछ । पैसा पठाउन सेन्ट मोनीमा क्लिक गरी उही बैंक छनौट गर्नुपर्नेछ । त्यसपछि बैंकमा दर्ता गरिएको मोबाइल नम्बर राखेर कति पैसा पठाउने भन्ने उल्लेख गर्नुपर्नेछ । अब लेनदेन पूरा गर्न आफ्नो MPIN वा बायोमेक्ट्रिक्स …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहाकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । १ फागुनदेखि उनलाई परराष्ट्र सल्लाहाकारमा नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । डा. रुपक सापकोटा नेकपा माओवादीका नेता एवं पूर्व सभामुख अग्नीप्रसाद सापकोटाका छोरा हुन् । डा. रुपक सापकोटा अन्तराष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाको जानकारका रुपमा परिचित छन् । उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गरादै आएका छन् । त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय …

पुरा पढ्नुहॊस »

पोखरीमा डुबेर बालकको मृत्यु

मुक्तिनाथ देवघाट (News)

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–५ पर्स्याङको एक पोखरीमा चार वर्षीय बालक मृत भेटिएका छन् । सोमबार बेलुकादेखि नै हराएका ४ वर्षीय सुहौन केसी खुडेपोखरीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् । सोमबार बेलुका ७ बजेतिर घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि खटिएको प्रहरीको टोलीले केसीलाई पोखरीमा डुबेको अवस्थामा मृत भेटाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले बताए । पर्वत घर भएका …

पुरा पढ्नुहॊस »

स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

काठमाडाैं । नेपाललाई स्कटल्याण्डविद्धको जितका लागि २१३ रनको लक्ष्य पाएको छ । स्कटल्याण्डले पहिले ब्याटिङ गर्दै ४६.१ ओभरमा २१२ रन बनाउँदै अलआउट भएको छ । स्कटल्याण्डलाई सस्तैमा समेट्न नेपालका स्टार बलर सन्दीप लामिछानेले ४ विकेट हात पारेका छन् । त्यस्तै करण केसीले ३ विकेट हात पार्दा ललित राजवंशी र कुशल मल्लले १/१ विकेट लिएका छन् । स्कटल्यान्डका एक ब्याट्म्यान भने रनआउट भएका थिए । स्कटल्यान्डका जर्ज मुन्सीले विस्फोटक पारी खेल्दै …

पुरा पढ्नुहॊस »

शेखर कोइरालाको सुझाव- कांग्रेसले दल बाहिरका व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले दल बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने बताएका छन् । बिहान सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले यस्तो बताएका हुन् । सम्भावित राष्ट्रपतिको रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैरदलीय व्यक्ति हुनुपर्ने बताएका हुन् । राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने …

पुरा पढ्नुहॊस »

चितवनमा गैडाको आक्रमणबाट एकको मृत्यु

काठमाडाैँ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ लालपर्सा नजिकै गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँका करिब ६० वर्षीय चन्द्र बहादुर तामाङ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । सोमबार बिहान करिब ५: ४५ बजेको समयमा मर्निङ वाकमा निस्किएका तामाङलाई गैंडाले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

पुरा पढ्नुहॊस »

नबिल बैंकले महिला उद्यमीको वित्तीय पहुँच विस्तार गर्ने

काठमाडाैँ । महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बीच साझेदारी भएको छ। साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका थिए। यो समझदारी अन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ । एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी …

पुरा पढ्नुहॊस »

एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउँदै राष्ट्र बैंक

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताएका छन् । सोमबार आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘संकटमा लघुवित्त, कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै कार्यकारी निर्देशक नेपालले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताए । पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर …

पुरा पढ्नुहॊस »

वैज्ञानिक आविष्कार विना नेपालको विकास हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् । वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भएको बताए । प्रधानमन्त्रीले भने, ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति …

पुरा पढ्नुहॊस »