सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुको आन्दोलन स्थगित

काठमाडौँ । सरकारसँग ६ बुँदे सहमति भएका चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् । राष्ट्रपतिको सवारीका क्रममा वीर अस्पतालका एक चिकित्सक ट्रमा अस्पतालमा जाने क्रममा बाटोमा शुक्रबार प्रहरीले कुटपिट गरेको विरोधमा चिकित्सकहरुले आन्दाेलनमा उत्रिएका थिए । चिकित्सकहरूले  देशभरका सरकारी अस्पतालहरुमा अत्यावश्यकबाहेकका सबै सेवा ठप्प परेर आन्दाेलनमा उत्रिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा वार्तामा चिकित्सकहरुको माग पूरा गर्ने ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलन स्थगित गरेका हुन् ।

सहमति अनुसार कुटपिटमा संलग्न चिकित्सक निलम्बनमा परिसकेकाेले एक हप्ताभित्र छानविन पूरा गरी दाेषी लाई कारवाही गर्ने, सरकारले घाइते चिकित्सककाे उपचारकाे व्यवस्था गर्ने, विशिष्ट व्यक्तिकाे सवारीमा आम नागरिक, विद्यालय, स्वास्थ्य संस्थाजस्ता सम्वेदनशील क्षेत्रलाई असर नपर्ने गरी व्यवस्था मिलाउन कार्यविधि संशाेधन गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाकाे सुरक्षालाई प्रभावकारी बनाउने लगाएत सहमति भएकाे छ ।

सहमति पत्रमा नेपाल चिकित्सक संघका अध्यक्षा डा. लाेचन कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस्ताे छ सहमति पत्र

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६औं पञ्चवर्षीय योजनाको महत्वकांक्षी लक्ष्य- ‘आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुग्छ’

कठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष (आव) २०८५/०८६ सम्म नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत …

प्रतिकृया दिनुहॊस