News desk

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर आज भेटवार्तामा

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरले आज भेटवार्ता सुरु गर्दैछिन् । सोमबार साँझ काठमाडौँ आइपुगेकी अख्तरले आज मुख्य–सचिव शंकर वैरागी र परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेट्ने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै उनले नेपाली सेना र सरकारी …

पुरा पढ्नुहॊस »

यातायात मजदुरको बन्दले जनजीवन प्रभावित

काठमाडौं । यातायात मजदुरको आन्दोलनका कारण आज काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका साधन ठप्प भएका छन् । फाट्टफुट्ट मात्र सार्वजनिक सवारी चल्दा जनजीवन प्रभावित भएको छ । नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मंगलबार बिहानैबाट काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन् । बिहान निजी सवारी साधन, स्कूल बस र उपत्यका बाहिर …

पुरा पढ्नुहॊस »

नेपालमा अमेरिकी उच्चस्तरीय भ्रमण तीव्र

काठमाडौँ । नेपालमा नयाँ सरकार गठनसँगै उच्चस्तरीय भ्रमण तीव्र बनेको छ । सोमबार मात्रै अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री हुन् । एक महिनाबीच अमेरिकाबाट उनको यो तेस्रो उच्चस्तरीय भ्रमण हो । यसअघि अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र यूएसएआईडी प्रमुख समान्था पावरले भ्रमणमा आएका थिए । अमेरिकी दूतावासका अनुसार उपसहायक विदेशमन्त्री अख्तरले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय …

पुरा पढ्नुहॊस »

सरकारले आज यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने

काठमाडौँ । सरकारले यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने भएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिलाई आज बिहान छलफलका लागि मन्त्रालयमा बोलाएका हुन् । मन्त्री श्रेष्ठले बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न …

पुरा पढ्नुहॊस »

आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस

काठमाडौं । आज फेब्रुअरी १४ ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ । प्रणय दिवसमा प्रेमिल जोडीहरुले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्ने गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा प्रणय दिवस मनाइन्छ । पश्चिमा देशहरुबाट सुरु भएको भ्यालेन्टाइन पछिल्लो वर्षहरुमा नेपालमा पनि मनाइँदै आइएको छ । आजको दिन प्रेमिल जोडीहरुले एक अर्कालाई रातो गुलाफको फूलसँगै उपहार दिएर प्रेम प्रस्ताव राख्ने गर्छन् । यसअघि प्रेमिल …

पुरा पढ्नुहॊस »

आज कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौँ । नेपालमा अहिले कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । राति पनि देशभर मौसम सामान्यतया सफा रहने छ । तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता …

पुरा पढ्नुहॊस »

नेपाल विद्युतीय व्यवसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडाैं । नेपाल विद्युतीय व्यवसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। महासंघको १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ महाधिवेशनले रेशम प्रसाद देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। कार्यसमितिको कार्यकाल ३ वर्षको रहेको छ। २८ गते साधारणसभा आयोजना गरिएको हो। महासंघमा नेपालभरमा २२ नगर÷जिल्ला संघहरु एवं ७५ एसोसिएट सदस्यहरु रहेका छन्। यी हुन् नेपाल विद्युतीय व्यवसायी महासंघका नयाँ पदाधिकारी रेशम प्रसाद देवकोटा – अध्यक्ष प्रेम बहादुर जि. सि. – प्रथम उपाध्यक्ष …

पुरा पढ्नुहॊस »

रास्वपा केन्द्रीय सदस्यमा रमेश प्रसाईं, ज्वाला संग्रौलासहित १६ केन्द्रीय सदस्य मनाेनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिमा १६ जना केन्द्रीय सदस्य थप गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । थपिएका १६ जना केन्द्रीय सदस्यहरूमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् । करिब …

पुरा पढ्नुहॊस »

भोलिदेखि काठमाडौं उपत्यकाभित्र गाडी नचलाउने यातायात व्यवसायीको घोषणा

काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए। उनीहरूले बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन्। राईका अनुसार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल …

पुरा पढ्नुहॊस »

सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९-८० को छ महिनामा ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ । चालु आवका लागि सरकारले दुई खर्ब …

पुरा पढ्नुहॊस »