फाइल फाेटाे

तीव्र आलोचनापछि विशिष्ट व्यक्तिको सवारी सुरक्षा नियम परिमार्जन गर्न सरकार तयार

काठमाडौं । आम सर्वसाधारण तथा पेशाकर्मीको चर्को आलोचना खेपेपछि विशिष्ट व्यक्तिको सवारी सुरक्षासम्बन्धी प्रचलित नियममा परिमार्जन गर्न सरकार तयार भएको छ ।

शीतल निवासदेखि संसद भवनसम्म शुक्रबार भएको राष्ट्रपतिको सवारीमा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत एक चिकित्सकमाथि कुटपिट गरेपछि यसबारे सरकारको तीव्र आलोचना भएको छ । त्यसअघि पनि विशिष्ट व्यक्तिको सवारीका क्रममा घण्टौँसम्म सडकमा आवतजावत ठप्प पार्दा सास्ती खेप्नु परेको भन्दै सर्वसाधारणबाट आलोचना हुँदै आएको थियो ।

पछिल्लो पटक भने चिकित्सक नै कुटिएपछि चिकित्सकहरुले सरकारी अत्यावश्यकबाहेक सबै सेवा ठप्प पारेका थिए । त्यसपछि भने सरकारले ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’मा परिमार्जन गर्ने सहमति जनाएको हो । नेपाल चिकित्सक संघसँग ६ बुँदे सहमति गर्दै सरकारले सर्वसाधारण, विद्यालय तथा स्वास्थ्य क्षेत्र जस्ता सम्वेदनशील क्षेत्रलाई असर नगर्ने गरी कार्यविधि परिमार्जन गर्ने सहमति गरेको हो ।

हेर्नुहाेस् सहमतिकाे चाैँथाे बुँदा :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारमा सहभागी हुँदै जसपा, को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । उपेन्द्र यादव नेतृत्वको …

प्रतिकृया दिनुहॊस

This will auto close after