News desk

कर्मचारी सञ्चय कोष भवन लगनखेलमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर

काठमाडाैँ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक लि.ले ललितपुर जिल्ला, लगनखेल स्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ। बैंकले सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो। कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवाल ज्यूले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्चपदस्थ कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो। सो एक्सटेन्सन काउन्टरको स्थापना भएसँगै …

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज सुन कीर्तिमानी मूल्यमा कारोबार भइरहेको छ । सुन आज प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुन २५ फागुन २०७८ मा प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो । आज १ हजारले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल …

पुरा पढ्नुहॊस »

आज हरियो तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । आज कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार आज मंगलबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ र अमला ६० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, नेपाली सुन्ताला १२५ रुपैयाँ, रातो आलु ३० रुपैया, सेतो आलु २५ …

पुरा पढ्नुहॊस »

प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहॊस »

झापाको चिया बगानमा युवक-युवती झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं । झापाको चिया बगानमा युवक-युवती मृत फेला परेका छन् । आज बिहान कचनकवल गाउँपालिका-४ एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

पुरा पढ्नुहॊस »

कलंकीमा मोटरसाइकलको ठक्करबाट किशोरीको मृत्यु

काठमाडाैँ । कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । बिहान पौने सात बजे अन्डर पास नजिकै बाप्र०२-०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि घाइते भएका छन् । उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् ।

पुरा पढ्नुहॊस »

दीपकराज गिरी भन्छन्- ‘रवि, बालेनहरूलाई ५ वर्ष त विश्वास गरौँ’

काठमाडाैँ । चलचित्र निर्माता एवं कलाकार दीपकराज गिरीले रवि लामिछाने र बालेन शाहहरूलाई कम्तिमा ५ वर्ष विश्वास गर्नुपर्ने बताएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कार्यशैलीको आलोचना भएपछि गिरीले यस्तो बताएका हुन् । कांग्रेस, एमाले, माओवादीलाई वर्षौं विश्वास गरेको उल्लेख गर्दै रवि र बालेनहरूलाई ५ वर्ष विश्वास गर्नुपर्ने उनको धारणा छ । ‘हामीले कांग्रेस, एमाले, माओवादीलाई वर्षौँ …

पुरा पढ्नुहॊस »

प्रतिनिधि सभाको बैठक, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । सचिवालयले सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको जनाएको छ ।

पुरा पढ्नुहॊस »

कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता, देउवाले पाउनेछन् यी सुविधा

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो । सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवा सुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि विपक्षी दलको मान्यता के हुन्छ भनी प्रश्न उठेको थियो । यसमा सचिवालयले पत्रमार्फत स्पष्ट पारेको छ …

पुरा पढ्नुहॊस »

सहिदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु

काठमाडौं । आजदेखि शहीद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापना एवं विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सप्ताह मनाइन्छ । शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको सम्झनामा काठमाडौं महानगरपालिकाले आज बिहान टेकु मचलीमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । त्यस्तै, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ । यस्तै, माघ १६ गते शान्ति …

पुरा पढ्नुहॊस »