नयाँ व्यवसायीलाई सहयोग गर्न नेक्सजेन र लगानी हबबीच सहकार्य

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी गर्ने सम्झौता भएको छ । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाडौंमा आज आयोजित समारोहमा दुवै पक्षबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार मुलुक आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा नयाँ उद्योग व्यवसाय गर्नेलाई प्रोत्साहन गर्न तथा लगानीको स्रोत जुटाउन आवश्यक रहेकाले त्यस्ता व्यवसायीलाई लगानी पुर्‍याउन लगानी हबले सहयोग गर्नेछ । जसमा लगानीपूर्व र लगानीपश्चात्‌को विशेषज्ञ सेवा भने नेक्सजेन म्यानेजमेन्टले दिनेछ ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा उपलब्ध गराउने कम्पनी हो । त्यस्तै, लगानी हब प्रालि लगानीको नयाँ क्षेत्र पहिचान गरी ती व्यवसायमा लगानीको स्रोत जुटाउने उद्देश्यले स्थापना भएको कम्पनी हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण …

प्रतिकृया दिनुहॊस