रास्वपा केन्द्रीय सदस्यमा रमेश प्रसाईं, ज्वाला संग्रौलासहित १६ केन्द्रीय सदस्य मनाेनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिमा १६ जना केन्द्रीय सदस्य थप गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।

थपिएका १६ जना केन्द्रीय सदस्यहरूमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।

करिब १०० जनाको नाम सिफारिस भएको थियो सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार । कार्यदलले टुंग्याएर सिफारिस गरेका १६ जनालाई मनोनीत गरेको हो । अब केन्द्रीय समिति ४० सदस्यीय भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी पाँच प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय …

प्रतिकृया दिनुहॊस