अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर आज भेटवार्तामा

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरले आज भेटवार्ता सुरु गर्दैछिन् ।

सोमबार साँझ काठमाडौँ आइपुगेकी अख्तरले आज मुख्य–सचिव शंकर वैरागी र परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेट्ने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै उनले नेपाली सेना र सरकारी अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।

यसै गरी उपसहायक विदेशमन्त्री अख्तरले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानवाधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा पनि छलफल गर्नेछिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी चार प्रदेशमा हावाहुरीसहित पानी पर्ने (तीन दिनको पूर्वानुमान)

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको …

प्रतिकृया दिनुहॊस

This will auto close after