बझाङमा कांग्रेस उम्मेदवारलाई हराउँदै एमालेका भण्डारी विजयी

काठमाडौं । नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् ।

निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन् । मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिक रूपमा अन्तिम मत परिणाम घोषणा गरिने प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६औं पञ्चवर्षीय योजनाको महत्वकांक्षी लक्ष्य- ‘आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुग्छ’

कठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष (आव) २०८५/०८६ सम्म नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत …

प्रतिकृया दिनुहॊस