सरकारले आज यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने

काठमाडौँ । सरकारले यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने भएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिलाई आज बिहान छलफलका लागि मन्त्रालयमा बोलाएका हुन् ।

मन्त्री श्रेष्ठले बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको श्रेष्ठको भनाइ छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतमको संयोजकत्वमा यातायात व्यवसायी र यातायात मजदुर सम्मिलित कार्यदल आइतबार गठन भइसकेको छ । कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको छ । ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौँको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा सडक अवरुद्ध गर्दै प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए ।

उनीहरूले प्रहरीका दुई वटा भ्यान समेत जलाई दिएका थिए । माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोस्ट भत्काएका थिए । सडक डिभाइडर र चोकमा प्रहरी उभिने आइल्यान्डलगायत संरचनामा आगजनी गरेका थिए । आक्रोशित यातायात मजदुरले सोमबार साँझ नयाँ बसपार्कमा सञ्चालित ल्होत्से मलमा समेत तोडफोड गरेका थिए । त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो ।

झपडमा १७ बढी प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रदर्शनका कारण सर्वसाधारणले भने सास्ती व्यहोरेका थिए । माग पूरा नभएसम्म आजदेखि काठमाडौँ उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने चेतावनी उनीहरूकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६औं पञ्चवर्षीय योजनाको महत्वकांक्षी लक्ष्य- ‘आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुग्छ’

कठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष (आव) २०८५/०८६ सम्म नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत …

प्रतिकृया दिनुहॊस