News desk

बागमती प्रदेश : सरकारबाट बाहिरिएको राप्रपाको घोषणा

काठमाडाैँ । बागमती प्रदेश सरकारबाट राप्रपा अलग हुने भएको छ । प्रदेशसभाको शनिबार बसेको बैठकको विशेष समयमा बोल्दै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी सरकारबाट अलग भएर प्रतिपक्षमा रहने घोषणा गरेका हुन् । उनले औपचारिक रूपमा प्रदेशका मुख्यमन्त्रीलाई सामुहिक रूपमा राजीनामा बुझाउने बताए । उनका अनुसार प्रदेश सरकारको राम्रा कामलाई समर्थन गर्दै राप्रपाले रचनात्मक प्रतिपक्षको भूमिकामा निर्वाह गर्नेछ । उनले सत्तापक्षमा रहँदा समेत अपहेलित हुन परेको भन्दै …

पुरा पढ्नुहॊस »

विदेश जान पाउनुपर्ने सन्दीपको मागको निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट खेल्नका लागि विदेश जान पाउनु पर्ने माग राख्दै गरेको निवेदनमा आज सुनुवाइ हुँदैछ । गत शुक्रबार सर्वोच्च अदालतले सन्दीपले दिएको निवेदनलाई सरकारी वकिलले दायर गरेको अर्को मुद्दासँगै राखेर पेश गर्न अग्रधिकारसहित आदेश गरेका थियो । शुक्रबार न्यायाधीश ईश्वरीप्रसाद खतिवडा इजालासमा भएको बहसमा सन्दीपका वकिल सरोजकृष्ण घिमिरे र शम्भु थापाले बहस गरेका थि ए। पाटन उच्च अदालतले राखेका सर्तहरू विरुद्ध …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ४ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । यसअघि आज १ बजेका लागि बोलाइएको बैठक विज्ञप्ति निकालेर ४ बजेका लागि सारिएको थियो । यस्तो छ सम्भावित कार्यसूची सचिवालयले मंगलबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९-०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने, दिगो विकास तथा सुशासन …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिमा नेम्वाङ भर्सेस पौडेल, कसको मतभार कति ?

काठमाडौँ । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा दुई जना पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रपति पदमा नेपाली कांग्रेससहितका आठ दलले पूर्वसभामुखसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो । राष्ट्रपतिका दुवै उम्मेदवारले शनिबार संसद् भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । २५ फागुनमा राष्ट्रपति चयन गर्न …

पुरा पढ्नुहॊस »

कांग्रेसले ‘कोर्ष करेक्सन’ गरेर अघि बढेको छ : विमलेन्द्र निधी

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेसले कोर्ष करेक्सन गरेर अघि बढेको बताएका छन् । काठमाडौँमा स्व.महेन्द्र नारायण निधीको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले तत्कालीन अवस्थामा नेपाली कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले कोर्ष करेक्सन गरेर अघि बढेको बताए । उनले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने बताए । उनले भने, ‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ । …

पुरा पढ्नुहॊस »

सरकारबाट बाहिरियो राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुलुकको परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न राप्रपाले बोलाएको आकस्मिक बैठकले सो निर्णय गरेको हो । राप्रपाले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय यसअघि नै गरिसकेको थियो ।  

पुरा पढ्नुहॊस »

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि हिजो ८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेको थियो । राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ । आयोगको निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । …

पुरा पढ्नुहॊस »

आकस्मिक बिदा परेको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै सरकारले आकस्मिक रुपमा दिने सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले वार्षिक रुपमा स्वीकृत गरेको बिदाबाहेक सरकारबाट आकस्मिक रुपमा लिने सार्वजनिक बिदाको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायतका सेवा प्रवाह गर्न निर्देशन दिएको हो …

पुरा पढ्नुहॊस »

६१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६१ जना सहसचिवको सरुवाको निर्णय गरेको हो । बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको सरुवा सूची टुंगो लगाएको हो ।

पुरा पढ्नुहॊस »

मतदाता नामावलीमा सांसद चौधरीको नाम थपियो

काठमाडौँ । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि प्रकाशन गरेको मतदाता नामावलीमा प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको नाम थपेको छ । प्रतिनिधि सभा सदस्य चौधरीको नाम थपिएपछि दुवै पदको निर्वाचनमा कुल मतदाताको सङ्ख्या ८८२ पुगेको छ । सङ्घीय संसद्को राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाको २७३ र प्रदेश सभाका ५५० जना सदस्य मतदाता हुने छन् । निर्वाचन अधिकृत पौडेलले निर्वाचन आयोगको निर्णयबमोजिम चौधरीको नाम थपिएको बताए । ट्याक्टर आगजनी …

पुरा पढ्नुहॊस »
This will auto close after