News desk

मर्जपश्चात् २१ अर्ब ६० करोडको बन्यो हिमालयन बैंक

काठमाडाैँ । हिमालयन बैंकसँग मर्ज भएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित व्यवस्थापन टोलीका ८ कर्मचारी बाहिरिएका छन्। सीईओ सुनिल पोखरेलसहित ८ जना व्यवस्थापन टिमका कर्मचारीले स्वैच्छिक अवकाश सुविधा (भीएसआर) लिएर बाहिरिएका हुन्। बैंकबाट कार्यकारी तहमा रहेका सीईओ पोखरेल र सुमन आचार्य बाहिरिएका छन् । त्यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएका हुन् । मर्जपश्चात् २१ …

पुरा पढ्नुहॊस »

बागमतीका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

काठमाडाैँ । बागमती प्रदेशका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने भएका छन् । बागमतीमा हिजो (शनिबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले हिजो बेलुका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष संयुक्तरूपमा राजीनामा बुझाएका हुन् । पार्टीको निर्णयअनुसार राजीनामा दिइएको थापाले बताएका छन् । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिएका छन् …

पुरा पढ्नुहॊस »

हिमालयनसँग गाभिएपछि सीईओ पोखरेलसँगै सिभिल बैंकका ८ जनाले लिए स्वेच्छिक अवकाश

काठमाडाैँ । हिमालयन बैंकसँग मर्ज भएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित व्यवस्थापन टोलीका ८ कर्मचारी बाहिरिएका छन्। सीईओ सुनिल पोखरेलसहित ८ जना व्यवस्थापन टिमका कर्मचारीले स्वैच्छिक अवकाश सुविधा (भीएसआर) लिएर बाहिरिएका हुन्। बैंकबाट कार्यकारी तहमा रहेका सीईओ पोखरेल र सुमन आचार्य बाहिरिएका छन् । त्यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएका हुन् ।

पुरा पढ्नुहॊस »

१ महिना नहुँदै सहसचिव टोकराज पाण्डेको सरुवा

काठमाडाैँ । १ महिना नहुँदै सहसचिव टोकराज पाण्डेको सरुवा भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट माघ १६ गते सत्य निरुपण तथा मेलमिलाप आयोग पुगेका उनको फेरि सरुवा भएको हो। मन्त्रालय अन्तगर्तको यातायात व्यवस्था विभागका महानिर्देशक रहेका थिए। हालै बसेको मन्त्रिपरिषदको बैठकले पाण्डेलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ। यातायात व्यवस्था विभागमा टोकराज पाण्डेको ठाउँमा पुगेका तुलसीनाथ गौतमको पनि सरुवा भएको छ। उनको पनि १ महिना नहुँदै …

पुरा पढ्नुहॊस »

श्रीलङ्कामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित

एजेन्सी । श्रीलङ्कामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित गरिएको छ । श्रीलङ्काको निर्वाचन आयोगले गएको वर्ष संसदबाट निर्वाचित राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगन गरेको जनाएको छ । आउँदो मार्च ९ तारिख अर्थात् यही २५ गते हुनेगरी घोषणा गरिएको थियो । राष्ट्रपति रनिल विक्रमासिङ्घेको प्रशासनले चुनावका लागि आवश्यक १० अर्ब भारतीय रुपैयाँ (झण्डै दुई करोड ७० लाख अमेरिकी डलर) सहयोग उपलब्ध …

पुरा पढ्नुहॊस »

रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न सोमबार ११ बजे बस्ने गरी बैठक बोलाइएको हो । पार्टी कार्यालय बसुन्धारामा बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने नेता दीपक बोहराले जानकारी दिए । रास्वपाले अहिलेसम्म राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णय लिएको छैन ।

पुरा पढ्नुहॊस »

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार हुँदा साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य तोलामा १२६० रुपैयाँमा कारोबार भएको छ …

पुरा पढ्नुहॊस »

एमालेको पत्रमा नेकपा एसको जवाफ- अनुरोधलाई स्विकार्न सकिँदैन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर संवादको ढोका खोलेको बताएको छ । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका छन् । ‘पत्रका लागि धन्यवाद । यसले औपचारिक रूपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ,’ पत्र पाए पछि खतिवडाले भने, ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण …

पुरा पढ्नुहॊस »

दुर्घटनामा बुटवलका पत्रकार मनोज हितङ्गाको निधन

काठमाडौँ । बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको मृत्यु भएकाे छ । गएराति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा निधन भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिए । लामो समयदेखि टेलिभिजन …

पुरा पढ्नुहॊस »

एक हजार बढी सहकारीको श्रेस्ता अनुसन्धान गर्दै मन्त्रालय

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको अर्थतन्त्रको तेस्रो महत्वपूर्ण खम्बाका रूपमा रहेको तथा आर्थिक सामाजिक रुपान्तरणको आशालाग्दो सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु गरेको छ । सहकारी क्षेत्रमा देखिएका विकृति र बचतकर्ताको बचत सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन सरोकारवालाको आग्रहमा मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बचतकर्ताको बचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन …

पुरा पढ्नुहॊस »