News desk

आज कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले यतिवेला सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही रहेको छ । दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी र गण्डकी प्रदेशका …

पुरा पढ्नुहॊस »

सानिमा बैंकले ल्यायो नारी बचत खातामा विशेष योजना

काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ। उक्त योजना आगामी चैत १ गतेसम्म लागू हुनेछ। योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिने बैंकले जनाएको छ। यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५ सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिनेछ। क्यासब्याक २०७९ चैत १७ गतेसम्म गरिने कारोबारमा …

पुरा पढ्नुहॊस »

रेमिटलीबाट पठाएको पैसा अब सिधै आईएमई पे वालेटमा

काठमाडौं । रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गरी पाउन सकिने भएको छ। रेमिटली रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको कम्पनी हो। यो सुविधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम विना झन्झट प्राप्त गर्न मिल्ने उद्देश्यका साथ विस्तार गरिएको आईएमई पेले जनाएको छ। ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन …

पुरा पढ्नुहॊस »

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले संस्थागत परामर्शदाताको कार्य गर्दै

काठमाडौँ । संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रा.लि. बीच सम्झौता भएकोे छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपाल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक जगदिश बहादुर पालले हस्ताक्षर गरेका छन् । शैलेश्वरी पावर नेपाल प्रा.लि पब्लिक कम्पनीमा परिवर्तन भए पश्चात लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले प्राथमिक शेयर निष्काशनको कार्य समेत गर्र्ने छ । डोटी जिल्ला …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच व्यावसायिक सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र सेल्सवेज क्यास एन्ड क्यारी प्रालि (सेल्सबेरी एन्ड सेल्सवेज) बीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष सुशीलमान प्रधानाङ्ग तथा माछापुच्छ«े बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका हुन्। सम्झौतापश्चात् सेल्सवेज क्यास एन्ड क्यारी प्रालिसँग आबद्ध सेल्सबेरी एन्ड सेल्सवेजका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पस (पीओएस) मेसिनमार्फत डेबिट÷के्रडिट कार्ड प्रयोग …

पुरा पढ्नुहॊस »

नारी दिवसमा इसेवाको विशेष अफर

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्बजनिक गरेको छ। अफर अन्तरगत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा इसेवा सँग सहकार्य (इन्ट्रिगेशन) गर्दा इन्ट्रिगेशन शुल्क नलाग्ने इसेवाले जनाएको छ। यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्ट्रिगेसन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यैपनि इन्ट्रिगेशनको शुल्क लाग्नेछैन। यस अफरमा सहभागि हुन नारीहरुले तीन महिनााभित्र इसेवामा सम्पर्क गर्नुपर्नेछ। यसैगरी नारी दिवसको दिन अर्थात् फागुन …

पुरा पढ्नुहॊस »

नेपालमा लैङ्गिक समानता र महिलाहरूको वृद्धिका लागि भिभोको समर्थन

काठमाडौँ । कोभिड महामारीपछि विश्वमा पारिस्थितिक प्रणालीमा आएको परिवर्तनका कारण नेपालमा महिला कामदारहरुले ठूलो चुनौती सामना गरिरहेका छन् । जब संसारभरका मानिसहरू आफ्नो घरमा थन्किएर बस्न बाध्य भए, महिला उद्यमीहरूलाई उनीहरूलाई जिम्मेवारीले बाच्नका लागि संघर्ष गर्न र आफ्नो प्राथमिकताहरू परिवर्तन गर्न विवश बनायो । यसले महामारीको समयमा धेरै महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय बन्द गर्न निम्त्यायो । यद्यपि, केहि महिलाहरूले यी चुनौतीहरूलाई सामना गर्दै अरूलाई प्रेरित गर्ने अवसरमा परिणत गरे । …

पुरा पढ्नुहॊस »

कोरिया जानेको डिजिटल भुक्तानीसम्बन्धी काम आईएमई पेले गर्ने

काठमाडौं । आईएमई पे र वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता भएको छ। सम्झौताअनुसार ईपीएस कोरिया शाखामार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्द्धन आईएमई पेले गर्ने भएको हो। नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउँदै आएको छ र सोही प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य …

पुरा पढ्नुहॊस »

बिपिडब्लु लघुवित्तको आइपीओमा २०७.१० गुणा बढी आवेदन

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओमा अन्तिम दिन मंगलरबार २०७.१० गुणाभन्दा बढी आवेदन परेको छ । सीडिएसका अनुसा अन्तिम दिनमा १ अर्ब ६७ करोड ६५ हजार ५० रूपैयाँको आवेदन परेको हो । सीडिएसका अनुसार आज १५ लाख ३२ हजार ९७३ जनाले आवेदन दिएका छन् । लघुवित्तले फागुन १८ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी तीन करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर …

पुरा पढ्नुहॊस »

फुटबलर मनिष डाँगीलाई वर्ष युवा खेलाडी अवार्ड

काठमाडौं । फुटबलर मनिष डाँगीले वर्ष युवा खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गरेको बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत डाँगी वर्ष युवा खेलाडी घोषित भई अवार्ड प्राप्त गरेका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा भएको अवार्ड कार्यक्रममा मनिषलाई मंगलबार उक्त अवार्ड प्रदान गरिएको हो । मनिषले फुटबलकै प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई पछि पारेर उक्त वार्ड जितेका हुन् । …

पुरा पढ्नुहॊस »