News desk

प्रचण्डले मलाई धोका दिनु ठुलो कुरा भएन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई धोका दिएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफुलाई त्यस ठाउमा पुर्याउनेहरुलाई धोका दिनेले आफुलाई धोका दिनु ठुलो कुरा नभएको टिप्पणी गरेका छन् । ओलीले भने- मेरो आँखाले धोका खाएको थिएन, प्रचण्ड धोका दिन अप्ठ्यारो मान्नुहुन्न, जनतालाई धोका दिनुभयो, सहयोद्धाहरुलाई धोका दिनुभो, आफुलाई त्यस ठाउमा पुर्याउन जीवन दिने शहिदहरुलाई धोका दिनुभयो मलाई …

पुरा पढ्नुहॊस »

काठमाडौँमा हिउँदे वर्षा

काठमाडौं । काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको सामान्य प्रभावले वर्षा भएको हो । प्रि-मनसुनको अवधि सुरु हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन वरिष्ठ मौसमविद् शान्ति कँडेल आग्रह गरिन् । केही घण्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको उनको भनाई छ । काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो । पोखरामा …

पुरा पढ्नुहॊस »

गोरखामा प्रचण्डको भाषण- राष्ट्रपतिमा सर्वसम्मत गराउन अझैँ प्रयासरत छु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विकासका योजना लिएर आउन अनुरोध गरेका छन् । प्रधानमन्त्री प्रचण्डले जिल्लाको समग्र विकासका लागि आवश्यक लिखित ज्ञापनपत्र लिएर आउन जनप्रतिनिधिहरूलाई आग्रह समेत गरेका हुन् । सहिद दिलबहादुर रम्तेल स्मृति दिवस तथा तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता समापन एवं सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले सरकार मुलुकको विकासका लागि प्रतिबद्ध रहेको बताएका हुन् …

पुरा पढ्नुहॊस »

पोखरामा कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो

काठमाडौँ । पोखरामा कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ। दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भएपछि पोखरा बजारसहित यसका आसपास क्षेत्रमा अँध्यारो छाएको हो । यसअघि गत बिहीबार हिउँदे वर्षा भएको थियो भने त्यसपछि आज असिनासहित ठूलो वर्षा भएको हो । लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहत मिले पनि असिनासमेत पर्दा यहाँको किसानले लगाएका तोरी, गहुँ, फापर र तरकारीबालीलाई भने क्षति पुगेको छ । पोखरा …

पुरा पढ्नुहॊस »

ओलम्पिक छनोट खेल नेपालमा हुने

काठमाडौँ । सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सका लागि महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो चरणको छनोट खेल अप्रिल ३ देखि ११ तारिखसम्म नेपालमा आयोजना गर्न लागेको हो ।  समूह ‘सी’ मा आयोजक नेपाल, भियतनाम र अफगानिस्तान रहेको छ । यसअघि समूहमा रहेको प्यालेस्टाइनले समूहबाट नाम फिर्ता लिएको छ । एसियाली …

पुरा पढ्नुहॊस »

सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रियसभाले जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आज बसेको राष्ट्रियसभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ । झापाको भद्रपुर निवासी समानुपातिक सांसद रहमानको हृदयाघातका कारण शनिबार भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पुरा पढ्नुहॊस »

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘आज जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिदहरू हाम्रा राष्ट्रिय …

पुरा पढ्नुहॊस »

मर्जपश्चात् २१ अर्ब ६० करोडको बन्यो हिमालयन बैंक

काठमाडाैँ । हिमालयन बैंकसँग मर्ज भएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित व्यवस्थापन टोलीका ८ कर्मचारी बाहिरिएका छन्। सीईओ सुनिल पोखरेलसहित ८ जना व्यवस्थापन टिमका कर्मचारीले स्वैच्छिक अवकाश सुविधा (भीएसआर) लिएर बाहिरिएका हुन्। बैंकबाट कार्यकारी तहमा रहेका सीईओ पोखरेल र सुमन आचार्य बाहिरिएका छन् । त्यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएका हुन् । मर्जपश्चात् २१ …

पुरा पढ्नुहॊस »

बागमतीका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

काठमाडाैँ । बागमती प्रदेशका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने भएका छन् । बागमतीमा हिजो (शनिबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले हिजो बेलुका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष संयुक्तरूपमा राजीनामा बुझाएका हुन् । पार्टीको निर्णयअनुसार राजीनामा दिइएको थापाले बताएका छन् । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिएका छन् …

पुरा पढ्नुहॊस »

हिमालयनसँग गाभिएपछि सीईओ पोखरेलसँगै सिभिल बैंकका ८ जनाले लिए स्वेच्छिक अवकाश

काठमाडाैँ । हिमालयन बैंकसँग मर्ज भएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित व्यवस्थापन टोलीका ८ कर्मचारी बाहिरिएका छन्। सीईओ सुनिल पोखरेलसहित ८ जना व्यवस्थापन टिमका कर्मचारीले स्वैच्छिक अवकाश सुविधा (भीएसआर) लिएर बाहिरिएका हुन्। बैंकबाट कार्यकारी तहमा रहेका सीईओ पोखरेल र सुमन आचार्य बाहिरिएका छन् । त्यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएका हुन् ।

पुरा पढ्नुहॊस »
This will auto close after