News desk

एक अर्ब ८८ करोडको आइपिओ बिक्रीलाई अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा  एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो । चालू आवको हालसम्म २५ वटा सङ्गठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् । साधारण शेयर बिक्रीको अनुमतिको प्रक्रियामा रहेकामध्ये …

पुरा पढ्नुहॊस »

उज्यालो युगका अभियन्ता कुलमानः कसरी अन्य गरे उनले नेपालबाट लोडसेडिङ ?

काठमाडाैं । मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्ट’ विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझबुझसमेत थियो । उनले सूत्रसमेत मनमनै पहिल्याएका थिए। तर, आफू प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सूत्रहरू कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् । त्यसैले सार्वजनिक पनि गरेनन् । …

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारले १० लाखसम्म ऋण दिने

काठमाडाैं । वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढाएको छ। विदेशबाट रेमिट्यान्ससहित सीप र प्रविधि ल्याएका नेपाली युवालाई देशको आर्थिक विकासमा सहभागी गराउने लक्ष्यसहित सरकारले ऋण दिने नीति अघि बढाएको हो। यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमका समावेश गरेको परियोजनामा आधारित ऋण कार्यक्रमको कार्यविधि अन्तिम चरणमा पुगेको श्रम, रोजगार …

पुरा पढ्नुहॊस »

विदेश जाँदा अब १५०० डलर मात्र साट्न पाइने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीले १५ सय अमेरिकी डलर वा सो बराबर अन्य विदेशी मुद्रा मात्र सटही गर्न पाइने नयाँ नियम ल्याएको छ । राष्ट्र बैंकले मंगलबार बैंकहरूलाई १५०० डलर वा सो बारबर अन्य विदेशी मुद्रा मात्र सटही गर्न परिपत्र गरेको हो । यसअघि विदेश भ्रमणमा जाने नेपालीले नेपालका बैंक, वित्तीय संस्था तथा इजाजतप्राप्त अन्य निकायबाट २५ सय अमेरिकी डलर वा सो बराबर विदेशी मुद्रा सटही …

पुरा पढ्नुहॊस »

काठमाडौंको धुलोले बालबालिका पनि दमका रोगी

काठमाडौं । सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानको सडक सद्दे छैनन् । भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तार कार्य सम्पन्न नहुनु, सवारीसाधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याक्ने पुराना यातायातका साधन विस्थापन नहुनाले उपत्यकावासी वर्षौंदेखि धुलो र धुवाँबाट आजित रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ । धुलोका कारण बच्चादेखि वृद्धवद्धासमेत प्रभावित भएको चिकित्सकहरुको भनाइ छ …

पुरा पढ्नुहॊस »

महाकवि देवकोटाको ११०औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी …

पुरा पढ्नुहॊस »

अमेरिकामा मध्यावधि निर्वाचनको मतपरिणाम आउँदै

काठमाडाैं ।  अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा अहिलेसम्म पूर्वी केही राज्यका तल्लो सदन प्रतिनिधिसभाका सदस्यको नतिजा सार्वजनिक भएको हो । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ र माथिल्लो सदन सिनेटका एक सयमध्ये ३५ स्थानका लागि चुनाव भएको हो । अहिले अधिकांश स्थानको मतगणना भइरहेको छ । निर्वाचनमा मतदान प्रतिशत उच्च भएको अनुमान गरिएको छ ।

पुरा पढ्नुहॊस »

च्याम्पियन्स लिग : बार्सिलोना नकआउट चरणमा

काठमाडौं । स्पेनिस क्लव बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छ । गएराति भएको समूह ‘बी’को खेलमा ईटालीको ईन्टर मिलनासँग १–१ गोलको बराबरी खेल्दै बार्सिलोना प्रतियोगिताको नकआउट चरणमा उक्लिने पहिलो टोली बनेको हो । बार्साले ४ खेलबाट १० अंक जोड्दा दोस्रो स्थानमा रहेको ईन्टर मिलानको ७ अंक छ । ४ अंक जोडेको इंग्लिस क्लव टोटनह्याम हट्सपरको पनि अर्को चरणमा पुग्ने सम्भावना जीवित छ । गएरातिको खेलमा नेदरल्याण्ड्सको …

पुरा पढ्नुहॊस »

आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई …

पुरा पढ्नुहॊस »

गच्छदार कांग्रेस उपसभापति मनाेनित, महासमिति बैठक सर्‍याे

काठमाडाैं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदारलार्इ पार्टीकाे उपसभापतिमा मनाेनित भएका छन् । २०७४ सालको निर्वाचन अगाडि आफू नेतृत्वको मधेसी जनअधिकार लोकतान्त्रिक पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएका उनलार्इ मंगलबार उपसभापति मनोनित गरिएकाे हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे केन्द्रीय समिति बैठकले गच्छदारलाई उपसभापति बनाउने निर्णय गरेकाे हाे । गत चुनावअघि फोरम लोकतान्त्रिक सर्वसम्मत रूपमा कांग्रेसमा बिलय भएकाे थियाे । बैठकले महासमिति बैठक मंसिर २८ देखि मंसिर ३ …

पुरा पढ्नुहॊस »