गच्छदार कांग्रेस उपसभापति मनाेनित, महासमिति बैठक सर्‍याे

काठमाडाैं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदारलार्इ पार्टीकाे उपसभापतिमा मनाेनित भएका छन् । २०७४ सालको निर्वाचन अगाडि आफू नेतृत्वको मधेसी जनअधिकार लोकतान्त्रिक पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएका उनलार्इ मंगलबार उपसभापति मनोनित गरिएकाे हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे केन्द्रीय समिति बैठकले गच्छदारलाई उपसभापति बनाउने निर्णय गरेकाे हाे । गत चुनावअघि फोरम लोकतान्त्रिक सर्वसम्मत रूपमा कांग्रेसमा बिलय भएकाे थियाे । बैठकले महासमिति बैठक मंसिर २८ देखि मंसिर ३ गतेसम्म लागि सार्ने निर्णय पनि गरेकाे छ । अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो ।

बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्दै पछाडि सार्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरणका क्रममा भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने निर्णय पनि गरेको उनले बताए ।

बाँकी सहमति कार्यान्वयनका सन्दर्भमा अध्ययन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । यसैगरी पार्टीको लेखापरीक्षण समितिका संयोजकमा केन्द्रीय सदस्य श्याम घिमिरेलाई मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस